Headline

म्यानचेस्टर युनाइटेडमाथि आइ लागेको चिरपरिचित संकट

Published

on

शनिबारको खेलमा टोटेन्ह्याम हट्स्परसंग ओल्ड टाफोर्डमै ६-१ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड एकपटक फेरि चिर परिचित संकटमा डुबेको छ ।

क्लबका लेजेण्ड पुर्व व्यवस्थापक एलेक्स फर्गुसनले२०१३ मा छोडेयता युनाइटेडले उपाधिमाथि दावेदारिता दिन सकेको छैन । अघिल्लो सिजन प्रिमियर लिगमा लगातार १४ खेलमा अपराजित रहदै च्याम्पियन्स लिगमा फर्किएपछि युनाइटेडको अहिलेको टोलीबाट ठूलै आशा रहेको छ ।

तर क्रिष्टल प्यालेससंग घरेलु मैदानमै ३-१ र भाग्यले साथ दिएपछि मात्रै ब्राइटनमाथि ३-२ को संघर्षपूर्ण जित रच्दा ती आशाहरु लिगको शुरुवाती महिनामै बिस्तारै निराशामा परिणत हुने डर छ । युनाइटेडमा संकट उत्पन्न हुनुका प्रमुख तीन कारणहरु के-के हुन सक्लान त ?

ग्लेजरको स्वामित्व

कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटका बावजुद प्रतिदन्दी क्लबहरुले ट्रान्सफर मार्केटमा अथाह पैसा खर्च गरिरहदा युनाइटेडका मालिक र निर्णयकर्ताहरु भने टोली मजबुत बनाउन नसकेकोमा निकै आलोचित भएका छन् । २००५ मा एकल स्वामित्व सम्भव नभएपछि ग्लेजरले अन्य ठांउबाट पैसा लिदै क्लब खरिद गर्नु नै उसको आर्थिक पाटोमा निरन्तर ह्यामरले हाने जस्तो भएको छ ।

धेरै जसो ठूला प्रिमियर लिग क्लबले खुद लगानीबाट खर्च हुने अपेक्षा गर्न सक्छन् तर पछिल्लो १५ बर्षदेखि ग्लेजरको एक बिलियन पाउण्डभन्दा बढी रकम लाभांश वितरणमै चुहिदै आएको छ । फर्गुसनले २७ बर्ष राज गर्दा पाएको सफलताका कारण नै भएको आम्दानीका कारण युनाइटेडले उनको बहिर्गमनपछि पनि खेलाडी खरिदमा पैसा खर्च गर्दै आएको हो । तर यो स्थिति अहिले छैन ।

स्पोर्टिंग डिरेक्टरले नभएर कार्यकारी उपाध्यक्ष एड उडवार्डले सम्पूर्ण सम्झौता आफ्नो मातहात मात्र हुन दिएका कारण लगानीको प्रतिफल दिलाउन सक्ने उपयुक्त संरचना युनाइटेडसंग छैन ।

सिजनको पहिलो तीन खेलमै ११ गोल खाएको युनाइटेडको रक्षापंक्ति बलियो बनाउन आवश्यक देखिन्छ तर उसले यो गर्मिको अधिकांश समय डर्टमण्डबाट जेडन साञ्चोलाई ल्याउने असफल प्रयासमै खेर फाल्यो । युनाइटेडले अब फ्रि ट्रान्सफरमा उरुग्वे फर्वार्ड एडिन्सन काभानी ल्याउने लगभग निश्चित देखिन्छ ।

२०१८ को डिसेम्बरमा युनाइटेडबाट बर्खास्त भएका होजे माउरिन्होले पछिल्लो केही हप्ता क्लबले खर्च गरेपछि टोटेन्ह्यामलाई बलियो बनाए नै, उनले स्पर्सको संरचनालाई उत्कृष्ट भन्दै युनाइटेडको घाउमा नुन पनि छरिदिए ।

सोल्सायरमाथि नजर

धेरै समर्थकहरुको रिसको निशाना युनाइटेडको व्यवस्थापन नै होला तर ओले गुनर सोल्सयारको व्यवस्थापनमा युनाइटेड पुरानै लयमा फर्कनेमा धेरैले शंका गरेका छन । माउरिन्हो बर्खास्त भएपछि २०१८-१९ सिजनको अन्त्यका लागि ल्याइएका सोल्सायर रिक्त स्थान भर्ने माध्यम मात्र रहेका थिए । तर निरन्तरको राम्रो परिणामपछि उनले तीन बर्षको सम्झौता कमाए ।

अघिल्लो सिजन आठौं स्थानमा रहेको युनाइटेडलाई तेश्रो स्थानसम्म डोर्याउदै प्रगति उन्मुख गराएपनि सोल्सायरको टोली लिभरपुलभन्दा ३३ अंकले पछाडी रहेको थियो । प्रदर्शन मात्र नभएर परिणाम मै सुधार नआउने हो भने पुर्व टोटेन्ह्याम व्यवस्थापक माउरिसियो पोचेटिन्होलाई उनले आफ्नो पद गुमाउन सक्छन् ।

टोटेन्ह्यामले च्याम्पियन्स लिग इतिहासमा पहिलो फाइनल खेलेको एक महिनापछि नै गत बर्ष पोचेटिन्होलाई बर्खास्त गरेको थियो । पोचेटिन्हो अहिले कुनै पनि क्लबमा आबद्ध छैनन् ।

कमजोर रक्षापंक्ति

गत हप्ता ब्राइटनले ३-२ को पराजय बेहोरेको खेलमा उसले पांच पटक पोस्टमा नहानेको भए युनाइटेडको रक्षापंक्तिको धज्जिया उड्ने थियो । ह्यारी मग्वायर अहिले बिश्वकै महंगा डिफेण्डर होलान् तर सिजनको अन्त्यमा मैदान बाहिरको समस्याको ह्यांग-ओभरले उनी सोचे अनुरुप प्रदर्शन गर्न सकिरहेका छैनन् ।

आइतबार भिक्टर लिन्डेलफको स्थानमा सोल्सायरले एरिक बेलीलाई मौका दिए तर खेल हार्नुका प्रमुख कारण उनी पनि एक थिए । टोटेन्ह्याम कप्तान ह्यारी केनमाथि लात प्रहार गर्दा गर्दै पनि मैदानमा टिकिरहनु उनको भाग्य थियो ।

मग्वायरको लागि रक्षापंक्तिमा सहि जोडी भेट्टाउन नसक्नु युनाइटेडको लागि पुरै सिजन नै घातक हुन त सक्छ नै पुर्व युनाइटेड डिफेन्डर प्याटिस एभ्राले मग्वायरकै स्थान अरुले किन लिन सक्दैनन् भनेर प्रश्न समेत गरेका थिए ।

ट्रान्सफर डेडलाइन सकिन लाग्दा युनाइटेडले लेफ्ट ब्याक पोजिसनको लागि खेलाडी किन्न सक्छ र यसका लागि पोर्टोका डिफेन्डर एलेक्स टेलेससंग सम्झौता नजिक पनि पुगिसकेको छ । यो सिजनको सुरुवात मात्रै भएपनि टिमको संरचनालाई सहि आकार दिनै संघर्ष गर्नु पर्ने अवस्था राम्रो शुरुवात भने पक्कै होइन ।

Click to comment

Trending