Headline

युरोपियन राउन्ड अप: च्याम्पियन लिभरपुलको पोस्टमा एस्टन भिल्लाको ७ गोल,युभेन्टस र नापोलीको खेल रद्ध

Published

on

प्रिमियर लिग

प्रिमियर लिग अन्तर्गत चौँथो चरणको अन्तिम खेलमा एस्टन भिल्लाले लिभरपुललाई अप्रत्यासित ७-२ गोलले हराएको छ ।

भिल्ला पार्कमा भएको खेलमा लिभरपुललाई विशल अन्तरले हराउदा ओली वट्किन्सले ह्याट्रिक गरेका थिए भने कप्तान ज्याक ग्रिलिशले दुई, जोन म्याकगिन र रोस बार्क्लेले एक-एक गोल गरेका थिए । लिभरपुलका लागि भने दुवै गोल महम्द सलाहले गरेका थिए ।

खेलको पहिलो हाफमा एस्टन भिल्लाले चार गोल गरेको थियो । भिल्लाका लागि पहिलो हाफमै ह्याट्रिक हन्ने क्रममा वट्किन्सले ४,२२,३९ औँ मिनेटमा गोल गरेका थिए भने ३५ औँ मिनेटमा म्याकगिनले एक गोल गरेका थिए । लिभरपुलका लागि पहिलो हाफमा सलाहले ३३ औँ मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा तीन गोल थपेको एस्टन भिल्लाका लागि ६६ र ७७ औँ मिनेटमा ग्रिलिसले गोल गरेका थिए भने एक गोल ५५ औँ मिनेटमा बार्क्लेले गरेका थिए । लिभरपुलका लागि दोस्रो गोल पनि सलाहले ६० औँ मिनेटमा गरेका थिए ।

परजयसँगै लिभरपुलले सिजनको पहिलो खेलमा हार बेहोरेको छ ।

सेरी आ

सेरी आमा भने हिजो हुने भनिएको युभेन्टस र नापोली बिचको खेल कोरोना भाईरसका कारण रद्ध भएको छ ।

नापोलीका दुई कर्मचारीलाई भाईरस पुष्टि भए पछि स्थानीय सरकारले नापोलीको टोलीलाई टुरिन प्रस्थान गर्न दिएका थिएनन् । युभेन्टसका खेलाडीहरु रङ्गशाला पुगेर फर्किएका थिए भने लिग कमिटीले यो खेल पछि गराइने जानकारी गराएको छ ।

यस्तै अन्य खेलहरुमा एसी मिलानले सेपेजालाई ३-० ले हरायो भने इन्टर मिलानले लाजियोसँग १-१ को बराबरी खेलेको थियो ।

ला लिगा

स्पेनिस ला लिगामा तेस्रो खेल खेलेको बार्सिलोनाले भने सेभियासँग १-१ को बराबरी खेलेको छ।

क्याम नोउमा भएको खेलमा सेभियाले पहिलो गोल गरेको थियो । आठौं मिनेटमा लुक डि यङको गोलमा सेभियाले खेलमा अग्रता लिए पनि त्यस्को दुई मिनेट पनि बित्न नपाउदै बार्सिलोनाका लागि फिलिपे कोउटिन्होले गोल गरेका थिए।

दोस्रो हाफमा दुवै टोलिले कुनै गोल गर्न नसके पछि खेल बराबरीमा सकिएको थियो।

Click to comment

Trending