Headline

बायर्नको सनसनीपूर्ण जितमा लेवान्डोस्कीको ४ गोल

Published

on

रोबर्ट लेवान्डोस्कीले चार गोल गरेपछि जर्मन बुन्डेसलिगको निकै रोमाञ्चक खेलमा बायर्न म्युनिखले हर्था बर्लिनलाई ४(३ ले पराजित गरेको छ ।

थोमस मुलरले ३६ औं मिनेटमा गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रिले त्यसलाई उल्टाएका थिए । तर लेवान्डोस्कीले चार मिनेटपछि नै गोल गर्दै बायर्नलाई पहिलो हाफमा १-० ले अघि पारे । दोश्रो हाफको ६ मिनेटपछि नै लेवान्डोस्कीले बायर्नका लागि दोश्रो गोल गरे ।

बायर्नले पूर्ण रुपले खेल अब नियन्त्रणमा लिने अपेक्षा गरिएपनि हर्थाले दुई गोल गर्दै खेल बराबरीमा ल्यायो । जोन कोर्दोबा र माथिउस कुन्हाले गोल गर्दै हर्थालाई खेलमा फर्काएका थिए । ८५ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दै बायर्नलाई फेरि अग्रता दिलाए ।

तर तीन मिनेटपछि नै जेसिक एनगान्कमले अर्को बराबरीको गोल गरे । सिजनको शुरुवातमा एक पराजय बेहोरिसकेको बायर्न लाई हर्थाले बराबरीमा रोक्न बाध्य बनाउने जस्तो देखिएपछि अतिरिक्त समयमा डिफेन्डिंग च्याम्पियनले पेनाल्टी पायो ।

थपिएको समयको पाचौं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई तीन अंक दिलाए । आइतबार नै भएको अर्को खेलमा अस्बर्गले उल्फ्स्बर्गसंग गोलरहित बराबरी खेलेको थियो ।

Click to comment

Trending