Headline

ओल्ड ट्राफोर्डमा टोटन्ह्यामसँग युनाइटेडको लज्जास्पद हार

Published

on

ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिगको चौँथो चरणको खेलमा टोटन्ह्यामले म्यानचेस्टर युनाइटेडलाई ६-१ को ठुलो अन्तरले हराएको छ ।

खेलमा पहिलो गोल म्यानचेस्टर युनाइटेडले गरे पनि टोटन्ह्यामले उत्कृष्ट खेल खेल्दै युनाइटेडलाई ओल्ड ट्राफोर्डमा नमिठो हार दिएको हो ।

टोटनह्यामको जितमा ह्युङ मिन सन र ह्यारी केनले दुई गोल गरेका थिए भने टागुए एनडोम्बेले,सर्ज औरिएरले एक-एक गोल गरेका थिए । युनाइटेडका लागि भने ब्रुनो फर्नान्डेजले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।

खेलमा पहिलो गोल युनाइटेडका लागि दोस्रो मिनेटमै पेनाल्टी मार्फत ब्रुनो फर्नान्डेजले गोल गरेका थिए तर पहिलो गोल गरेको अर्को दुई मिनेट पनि बित्न नपाउदै टागुए एनडोम्बेले टोटन्ह्यामका लागि बाराबरी गोल गरेका थिए । टोटन्ह्यामका लागि दोस्रो गोल सातौँ मिनेटमा सनले गरेका थिए । उनले केनको पासमा गोल गर्दै टोटन्ह्यामलाई २-१ को अग्रता दिलाएका थिए ।

३० औँ मिनेटमा भने टोटन्ह्यामले तेस्रो गोल गरेको थियो । ह्यारी केनले सनको पासलाई सदुपायोग गर्दै अर्को गोल गरेका थिए । पहिलो हाफमै अर्को गोल थप्ने क्रममा सनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । ३७ औँ मिनेटमा सनले गोल गर्दै ४-१ को स्थितीमा पुराएका थिए ।

पहिलो हाफमा चार गोल खाएको युनाइटेडले दोस्रो हाफमा भने एक गोल मात्र खाएको थियो । टोटन्ह्यामका लागि पाँचौ गोल सर्ज औरिएरले गरेका थिए । उनले ५१ औँ मिनेटमा गोल गर्दै खेललाई ५-१ को स्थितीमा पुराएका थिए ।

७९ औँ मिनेटमा भने टोटन्ह्यामले अर्को गोल गरेको थियो । बेन डेभिसलाई युनाइटेडका पाउल पोग्बाले डि बक्समा लडाए पछि पाएको पनाल्टीलाई सदुपायोग गर्दै ह्यारी केनले व्यतिगत दोस्रो गोल गरेका थिए ।

२०११ मा म्यानचेस्टर सिटीसँग प्रिमियर लिगमा ६-१ को विशाल हार पछि युनाइटेडको यो ठुलो पराजय हो ।

 

 

 

Click to comment

Trending