Headline

भिनिसियस र बेन्जिमा को गोलमा म्याड्रिड बिजयी

Published

on

स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा रियल म्याड्रिडले लिभान्तेलाई २ -० गोलले हराएको छ ।

रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले पहिलो हाफमा गोल गरेका थिए भने दोस्रो गोल करिम बेन्जिमाले गरेका थिए  । रियलका लागि सिजनको दोस्रो गोल गर्ने क्रममा भिनिसियसले कर्नरबाट आएको बललाई गोल गरेका थिए ।

पहिलो हाफमा धेरै मौका बनाए पनि रियलले गोल भने गर्न सकेको थिएन । लिभान्तेको डिफेन्सले रियलको धेरै आक्रमणहरुलाई बिफल बनाएको थियो । १६ ऑ मिनेटमा भने रियललाई भिनिसियसले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा रियलले अर्को गोल थपेको थियो । रियलका लागि बेन्जिमाले ९० मिनेट पछि थपिएको इन्जुरी समयमा गोल गरेका थिए ।

अर्को हप्ता देखी अन्तराष्ट्रिय बिश्राम सुरु हुने भएका कारण रियललाई आजको खेल जित्नै पर्ने दवाव रहेको थियो ।

आजै हुने अर्को खेलमा बार्सिलोनाले सेभियाको समाना गर्दै छ।

Click to comment

Trending