Headline

आर्सनलले सेफिल्ड र वुल्भ्सले फुल्ह्यामलाई हरायो

Published

on

ईंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएका चौँथो चरणका खेलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २-१ र वुल्भ्सले फुल्ह्यामलाई १-० गोलले हराएको छ ।

आर्सनलका लागि बुकायो साका र निकोलस पेपेले गोल गरेका थिए भने सेफिल्डका लागि एक मात्र गोल डेविड म्याकगोल्ड्रिकले गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफको ६१ औँ मिनेटमा आर्सनलले पहिलो गोल गरेका थिए । आर्सनलका लागि बुकायो साकाले पहिलो गोल गरेका थिए । ६४ औँ मिनेटमा भने अर्सनलले खेलमा २-० को आग्रता लिएको थियो । आर्सनलका लागि निकोलस पेपेले दोस्रो गोल गरेका थिए ।

सेफिल्डले खेलमा फर्किने प्रयासमा ८१ औँ मिनेटमा एक गोल फर्काएको थियो । सेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

आर्सनलको यो तेस्रो जित हो ।

यस्तै अर्को खेलमा वुल्भ्सले फुल्ह्यामलाई १-० हराउदा, वुल्भ्सका लागि पेड्रो नेटोले गोल गरेका थिए ।

आज हुने अर्को ठुलो खेलमा म्यानचेस्टर युनाइटेड र टोटन्ह्याम भिड्दै छन् ।

Click to comment

Trending