IPL

हैदराबाद माथि सानदार जित हात पार्दै मुम्बई अंक तालिकाको शिर्ष स्थानमा 

Published

on

ओपनर क्विटन डि ककले अर्धशतक र बलरहरुको उत्कृस्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पाँचौं खेलमा सनराईजर्स हैदराबाद माथि ३४ रनको सानदार जित हात पार्दै मुम्बई इन्डियन्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

पाँच खेलमा तीनमा दुई तथा दुईमा हार व्यहोरेको मुम्बई छ अंकका साथ पहिलो स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान छ अंक भए पनि मुम्बई नेट रन रेटका आधारमा पहिलो स्थान हात पार्न सफल भएको हो ।

जितका लागि २०९ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको हैदराबादले कप्तान डेभिड वार्नरको अर्धशतकको बाबजुद पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा मात्र १७४ रन बनाउन सक्यो । 

हैदराबादको तर्फबाट ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रन बनाए । ४० बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । 

वार्नर बाहेक ओपनर जोनी बेरिस्टो १५ बलमा २५ रङ, मनिष पाण्डे १९ बलमा ३० रन, केन विलियमसन पाँच बलमा तीन रन, प्रियम गर्ग सात बलमा आठ रन बनाएर पेभेलियन फर्किए । त्यस्तै अभिषेक शर्मा १० र अब्दुल सम्साद २० रनमा आउट भए भने रशिद खान तीन रन र सन्दिप शर्मा खाता नखोली अविजित रहे । 

मुम्बईलाई जित दिलाउने क्रममा ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन र जस्प्रित बुम्राले समान २-२ विकेट हात पारे । समान ४-४ ओभर बलिङ गरेका बोल्ट, प्याटिनसन र बुम्राले क्रमश २८, २९ र ४१ रन खर्चिए । 

यस अघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०८ रन बनायो । 

मुम्बईको तर्फबाट ओपनिङमा ब्याटिङ गर्न आएका विकेट किपर ब्याट्सम्यान क्विन्टन डि ककले सर्वाधिक ६७ रन बनाए । रशिद खानको बलमा कट एण्ड बोल्ड भएका डि ककले ३९ बलको सामना गर्दै समान ४-४ चौका र छक्का प्रहार गरे ।

पहिलो ओभरको पाँचौं बलमा नै छ रन बनाएका कप्तान रोहित शर्मा सन्दिप शर्माको बलमा आउट भए पछि खराब सुरुवात गरेको मुम्बईको लागि डि ककले दोश्रो विकेटका लागि १८ बलमा २७ रन बनाएका सुर्य कुमार यादवसँग ३० बलमा ४२ रन तथा तेश्रो विकेटका लागि २३ बलमा ३१ रन बनाएका इशान किशानसँग ४५ बलमा ७८ को साझेदारी गरे ।      

त्यस्तै हार्दिक पाण्ड्या १९ बलमा २८ रन बनाएर आउट भए भने कुर्नाल पाण्ड्या चार बलमा २० रन र काइरन पोलार्ड १३ बलमा २५ रनमा अविजित रहे । कुर्नाल पाण्ड्याले अन्तिम ओभरको अन्तिम चार बलमा समान २-२ चौका र छक्का प्रहार गरे पछि मुम्बईले २०० रन कटायो ।

हैदराबादका सन्दिप शर्मा र सिद्दार्थ कौलले समान २-२ विकेट हात पारे । शर्माले चार ओभरमा ४१ रन तथा कौलले छ ओभरमा नै ६४ रन खर्चिए । एक विकेट मात्र हात पारे पनि रशिद खानले किफायती बलिङ गर्दै चार ओभरमा मात्र २२ रन खर्चिए ।      

यस अघिका खेलमा मुम्बई सिजन चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले तथा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा हारको सामना गरेको थियो भने कोलकाता नाइट राईडर्सलाई ४९ रनले र किंग्स ११ पन्जाबलाई ४८ रनले पराजित गरेको थियो ।

हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले र चेन्नाई सुपर किंग्सलाई सात रनले पराजित गर्दा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।

Click to comment

Trending