IPL

टस जितेर पन्जाब पहिले ब्याटिङमा 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको दोश्रो खेलमा किंग्स ११ पन्जाबले चेन्नाई सुपर किंग्स विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा पन्जाबका कप्तान केएल राहुलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा पन्जाबले तीन परिवर्तन गरेको छ भने चेन्नाईले कुनै पनि परिवर्तन गरेको छैन । मन्दिप सिंह, हरप्रित ब्रार र क्रिस जोर्डनले आजको खेलमा सुरुवाती ११ मा स्थान बनाएका छन् भने करुण नायर, के गौथम र जिमी नीशम टोली बाहिर रहेका छन् ।

अंक तालिकामा चेन्नाई र पन्जाब तलबाट पहिलो र दोश्रो स्थानमा रहेका छन् । दुबै टोलीले आफुले खेलेका चार खेलमा तीनमा हारको सामना गर्दा एक खेलमा मात्र जित हात पार्न सकेका छन् ।

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पार्यो । तर त्यस पछिका दुई खेलमा राजस्थान रोयल्ससँग चार विकेटले र मुम्बई इन्डियन्ससँग ४८ रनले पराजित हुन पुग्यो ।

गत बर्षको उपविजेता टोली चेन्नाईले यस सिजनको उद्घाटन खेलमा नै साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्यो ।तर त्यस पछिका तीन खेलमा चेन्नाई राजस्थान रोयल्ससँग १६ रनले, दिल्ली क्यापिटल्ससँग ४४ रनले र सनराईजर्स हैदराबादसँग सात रनले पराजित हुन पुग्यो ।

आईपीएलमा यि दुई टोली २१ पटक भिड्दा चेन्नाई १२ तथा पन्जाब नौं खेलमा विजयी भएका छन् ।

Click to comment

Trending