Headline

लेस्टर वेष्ट ह्यामसँग पराजित,वेष्ट ब्रोमलाई साउथह्याम्प्टनले हरायो

Published

on

प्रिमियर लिगमा आज भएको पहिलो खेलहरुमा वेष्ट ह्यामले लेस्टर सिटीलाई ३-१ र साउथह्याम्प्टनले वेष्ट ब्रोमलाई २-० ले हराएको छ ।

लेस्टरलाई यो सिजनमा पहिलो पटक पराजित गर्ने क्रममा वेष्ट ह्यामका लागि मिकेल अन्टोनियो,पाब्लो फोर्न्लस र जरोड बोवेनले एक गोल गरेका थिए ।

वेष्ट ह्यामले पहिलो हाफमा २-० को आग्रता बनाएका थिए । वेष्ट ह्यामका लागि मिकेल अन्टोनियोले १४ औँ पाब्लो फोर्न्लसले ३४ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा वेष्ट ह्यामका लागि जरोड बोवेनले एक गोल थपेका थिए । उनले ८३ औँ मिनेटमा गोल गर्दै वेष्ट ह्यामलाई ३-० को फराकिलो जित हात पारेको थियो ।

वेष्ट ह्यामको यो दोस्रो जित हो भने लेस्टरले प्रिमियर लिगमा पहिलो हार बेहोरएको छ ।

यता अर्को खेलमा भने साउथह्याम्प्टनले नव प्रवेशी वेष्ट ब्रोमलाई २-० ले हराएको छ ।

साउथह्याम्प्टनका लागि पहिलो हाफको ४१ औँ मिनेटमा मोउसा डेन्जेन्पोले गोल गरेका थिए । दोस्रो हाफको ६९ औँ मिनेटमा भने ओरिल रोमेउले गोल गर्दै साउथह्याम्प्टनलाई २-० को जित दिलाएका थिए ।

आज हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामको समानआ गर्दै छ ।

Click to comment

Trending