राष्ट्रिय

धनगढी प्रिमियर लिग स्थगित

Published

on

चौथों संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) अनिश्चित समयका लागि स्थगित भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले आज एक प्रेश विज्ञप्ति जारी गर्दै कोरोनाका कारण यस बर्षको डीपीएल अर्को मिति सार्वजनिक नभए सम्मका लागि स्थगित गरेको जनाएको हो ।

यस अघि गत बर्ष फाल्गुनमा गर्ने भनिएको चौथों संस्करणको डीपीएल रास्ट्रिय टोलीको व्यस्तता कारण आगामी महिनाको कार्तिक आठ गतेबाट कार्तिक २२ गते सम्म आयोजना गर्ने भनिएको थियो ।

डीसीएका अध्यक्ष सुवाश शाहीद्वारा जारी विज्ञप्तिमा, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिमतथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण उक्त निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएका कारण प्रतियोगिता सार्न परेको जनाएका छन् । उनले प्रतियोगिताको नयाँ मिति यथाशिघ्र चाँडो घोषणा गर्ने पनि जनाएका छन् ।

यस अघिका तीन संस्करण मध्य धनगढी टिम चौराहा ( तेश्रो संस्करणबाट नाम परिवर्तन गरेर धनगढी स्टार्स) ले दुई संस्करण तथा अघिल्लो संस्करण सीवाईसी अत्तरियाले जितेको थियो ।

प्रतियोगितामा सहभगी टोलीहरुमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया,काठमाडौँ गोल्डेन्स, बिराटनगर किंग्स, महेन्द्रनगर युनाईटेड र रुपन्देही च्यालेन्जर्स रहेका थिए ।

Click to comment

Trending