IPL

डि ककले अर्धशतकमा हैदराबादलाई २०९ रनको विशाल लक्ष्य

Published

on

ओपनर क्विटन डि ककले अर्धशतकको मद्धतमा इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पाँचौं खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई २०९ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०८ रन बनायो ।

मुम्बईको तर्फबाट ओपनिङमा ब्याटिङ गर्न आएका विकेट किपर ब्याट्सम्यान क्विन्टन डि ककले सर्वाधिक ६७ रन बनाए । रशिद खानको बलमा कट एण्ड बोल्ड भएका डि ककले ३९ बलको सामना गर्दै समान ४-४ चौका र छक्का प्रहार गरे ।

पहिलो ओभरको पाँचौं बलमा नै छ रन बनाएका कप्तान रोहित शर्मा सन्दिप शर्माको बलमा आउट भए पछि खराब सुरुवात गरेको मुम्बईको लागि डि ककले दोश्रो विकेटका लागि १८ बलमा २७ रन बनाएका सुर्य कुमार यादवसँग ३० बलमा ४२ रन तथा तेश्रो विकेटका लागि २३ बलमा ३१ रन बनाएका इशान किशानसँग ४५ बलमा ७८ को साझेदारी गरे ।

त्यस्तै हार्दिक पाण्ड्या १९ बलमा २८ रन बनाएर आउट भए भने कुर्नाल पाण्ड्या चार बलमा २० रन र काइरन पोलार्ड १३ बलमा २५ रनमा अविजित रहे । कुर्नाल पाण्ड्याले अन्तिम ओभरको अन्तिम चार बलमा समान २-२ चौका र छक्का प्रहार गरे पछि मुम्बईले २०० रन कटायो ।

हैदराबादका सन्दिप शर्मा र सिद्दार्थ कौलले समान २-२ विकेट हात पारे । शर्माले चार ओभरमा ४१ रन तथा कौलले छ ओभरमा नै ६४ रन खर्चिए । एक विकेट मात्र हात पारे पनि रशिद खानले किफायती बलिङ गर्दै चार ओभरमा मात्र २२ रन खर्चिए ।

आजको खेलमा मुम्बईले आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन भने हैदराबादले दुई परिवर्तन गरेको छ । हैदराबादले भुवनेश्वर कुमारको स्थानमा सन्दिप शर्मालाई र खलील अहमदको स्थानमा सिद्धार्थ कौललाई सुरुवाती ११ मा स्थान दिएको छ ।

समान ४-४ खेल खेलेका मुम्बई र हैदराबादले दुईमा जित निकालेका छन् भने अंक तालिकामा क्रमश तेश्रो र चौथों स्थानमा रहेका छन् ।

यस अघिका खेलमा मुम्बई सिजन चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले तथा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा हारको सामना गरेको थियो भने कोलकाता नाइट राईडर्सलाई ४९ रनले र किंग्स ११ पन्जाबलाई ४८ रनले पराजित गरेको थियो ।

हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले र चेन्नाई सुपर किंग्सलाई सात रनले पराजित गर्दा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।

मुम्बई र हैदराबाद आईपीएलमा यस अघि १४ खेल खेलेका छन् जसमा दुबै टोलीले ७-७ खेल आफ्नो पक्ष्यमा पार्न सकेका छन् । तर पछिल्लो पाँच खेलमा भने हैदराबादले तीन खेलमा र मुम्बईले दुई खेलमा जित हात पारेका छन् ।

Click to comment

Trending