IPL

हैदराबाद विरुद्ध मुम्बई पहिले ब्याटिङमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पाँचौं खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबाद विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा मुम्बईले आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन भने हैदराबादले दुई परिवर्तन गरेको छ । हैदराबादले भुवनेश्वर कुमारको स्थानमा सन्दिप शर्मालाई र खलील अहमदको स्थानमा सिद्धार्थ कौललाई सुरुवाती ११ मा स्थान दिएको छ ।

समान ४-४ खेल खेलेका मुम्बई र हैदराबादले दुईमा जित निकालेका छन् भने अंक तालिकामा क्रमश तेश्रो र चौथों स्थानमा रहेका छन् ।

यस अघिका खेलमा मुम्बई सिजन चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले तथा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा हारको सामना गरेको थियो भने कोलकाता नाइट राईडर्सलाई ४९ रनले र किंग्स ११ पन्जाबलाई ४८ रनले पराजित गरेको थियो ।

हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले र चेन्नाई सुपर किंग्सलाई सात रनले पराजित गर्दा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।

मुम्बई र हैदराबाद आईपीएलमा यस अघि १४ खेल खेलेका छन् जसमा दुबै टोलीले ७-७ खेल आफ्नो पक्ष्यमा पार्न सकेका छन् । तर पछिल्लो पाँच खेलमा भने हैदराबादले तीन खेलमा र मुम्बईले दुई खेलमा जित हात पारेका छन् ।

Click to comment

Trending