IPL

आइपीएलमा आज मुम्बई र हैदराबाद तथा पन्जाब र चेन्नाई भिड्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पनि दुई खेल हुँदैछ । पहिले खेलमा मुम्बई इन्डियन्स र सनराईजर्स हैदराबाद तथा दोश्रो खेलमा किंग्स ११ पन्जाब र चेन्नाई सुपर किंग्स भिड्दै छन् ।

आजको पहिलो खेल शारजाह क्रिकेट रंगशालामा हुने मुम्बई र हैदराबादको खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ । समान ४-४ खेल खेलेका मुम्बई र हैदराबादले दुईमा जित निकालेका छन् भने अंक तालिकामा क्रमश तेश्रो र चौथों स्थानमा रहेका छन् ।

यस अघिका खेलमा मुम्बई सिजन चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले तथा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा हारको सामना गरेको थियो भने कोलकाता नाइट राईडर्सलाई ४९ रनले र किंग्स ११ पन्जाबलाई ४८ रनले पराजित गरेको थियो ।

हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले र चेन्नाई सुपर किंग्सलाई सात रनले पराजित गर्दा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।

मुम्बई र हैदराबाद आईपीएलमा यस अघि १४ खेल खेलेका छन् जसमा दुबै टोलीले ७-७ खेल आफ्नो पक्ष्यमा पार्न सकेका छन् । तर पछिल्लो पाँच खेलमा भने हैदराबादले तीन खेलमा र मुम्बईले दुई खेलमा जित हात पारेका छन् ।

आज नै हुने दोश्रो खेल दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा पन्जाब र चेन्नाई बीच साँझ ७:४५ बजे संचालन हुनेछ ।

अंक तालिकामा चेन्नाई र पन्जाब तलबाट पहिलो र दोश्रो स्थानमा रहेका छन् । दुबै टोलीले आफुले खेलेका चार खेलमा तीनमा हारको सामना गर्दा एक खेलमा मात्र जित हात पार्न सकेका छन् ।

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पार्यो । तर त्यस पछिका दुई खेलमा राजस्थान रोयल्ससँग चार विकेटले र मुम्बई इन्डियन्ससँग ४८ रनले पराजित हुन पुग्यो ।

गत बर्षको उपविजेता टोली चेन्नाईले यस सिजनको उद्घाटन खेलमा नै साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्यो ।तर त्यस पछिका तीन खेलमा चेन्नाई राजस्थान रोयल्ससँग १६ रनले, दिल्ली क्यापिटल्ससँग ४४ रनले र सनराईजर्स हैदराबादसँग सात रनले पराजित हुन पुग्यो ।

आईपीएलमा यि दुई टोली २१ पटक भिड्दा चेन्नाई १२ तथा पन्जाब नौं खेलमा विजयी भएका छन् ।

Click to comment

Trending