Headline

ला लिगामा आजः रियल लेभान्तेसंग खेल्दै, बार्सालाई सेभियाको चुनौति

Published

on

स्पेनिस ला लिगामा आइतबार साबिक बिजेता रियल म्याड्रिडले लेभान्तेसंग खेल्दैछ । ला लिगामा पछिल्लो तीन मध्ये पहिलो खेलमा रियल सोसिडाडसंग बराबरी खेलेको रियलले दुईमा भने जित हात पारको छ ।

गएका चार खेल मध्ये लेभान्तेले रियललाई दुई खेलमा पराजित गरिसकेको छ । रियलका लागि डानी कार्भाहालको चोट ठुलो चुनौती बन्न सक्छ । मार्सेलो र एडेन हजार्ड पनि मैदान बहिर रहने छन् । आइतबारको खेलमा तीन अंक हात पारे रियललाई अर्को हप्ता देखि शुरु हुने अन्तर्राष्ट्रिय बिश्राम पछिका खेलहरुमा सहज हुने छ ।

खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुने छ ।

ला लिगाको साताकै ठुलो खेलमा भने बार्सिलोनालाई सेभियाको चुनौती हुने छ । साबिक युरोपा लिग बिजेता रहेको सेभियाको टोली बलियो भए पनि क्याम्प नोउमा खेलिएका १७ ला लिगा खेलमा एकमा पनि जित हात पार्न सकेको छैन ।

बार्सिलोनाले क्याम्प नोउमा गएका ३२ खेलमा अघिल्लो सिजन ओसासुनासंग पराजित भए बाहेक एक खेलमा पनि हार ब्यहोरेको छैन । यस सिजन खेलेका दुई खेलमा दुवैमा उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोनाको टोलीलाई बलियो मनिएको छ । नयां प्रशिक्षकको आगमनसँगै धेरै समर्थकहरुले बार्सिलोनामा परिवर्तन आएको मानेका छन् ।

आन्तरिक विवाद जति नै भए पनि बार्सिलोनाका लागि स्टार खेलाडी मेस्सीको प्रदर्शनले खेलमा धेरै असर पर्ने गरेको छ । फिलिपे काउटिन्होले पनि गएका खेलहरुमा जस्तो प्रदर्शन गर्न सके बार्सिलोनाले यो खेल सहजै जित्ने आशा राखिएको छ । बार्सिलोनाका लागि आज नयां खेलाडी सर्जीनो डेस्टले डेब्यु गर्न सक्ने सम्भावना रहेको छ ।

खेल नेपाली समय अनुसार रात १२ः४५ मा शुरु हुने छ ।

Click to comment

Trending