Headline

म्यानचेस्टर युनाइटेड र टोटेन्ह्याम आज भिड्दै

Published

on

प्रिमियर लिगको चौथो चरणको खेलहरुमा आइतबार म्यानचेस्टर युनाइटेडले टोटनह्याम हट्सपरको समाना गर्दैछ ।

युनाइटेडले टोटन्ह्यामसंगका पछिल्ला तीन खेल मध्ये एकमा पनि पराजय भोगेको छैन । टोटनह्यामका प्रशिक्षक होजे माउरिन्होले आफु पहिले व्यवस्थापक भएको पुर्व क्लब युनाइटेड विरुद्ध जितका लागि खेल्ने पनि स्पष्ट परेका छन् ।

ओल्ड ट्राफोर्डमा भएका पछिल्ला १४ खेलहरु हेर्ने हो भने युनाइटेड र टोटनह्यामबीच एक खेल पनि बराबरीमा सकिएको छैन । युनाइटेडले घरेलु मैदानमा भएका पछिल्ला १४ खेलमा ११ मा जित हात पारेको छ भने तीन मा टोटनह्याम बिजयी रहेको छ ।

युनाइटेडले गएका तीन वटै खेलमा संघर्षपूर्ण खेलहरु खेलेको थियो । टोटनह्यामले पनि गएका तीन खेलमा एकमा जित, एकमा बराबरी र एकमा हार व्यहोरेको छ ।

युवा खेलाडीले भरिएको युनाइटेडलाई टोटनह्यामको अनुभावी खेलाडीलाई नियन्त्रणमा राख्न निकै गाह्रो हुनेछ । रियल म्याड्रिडबाट टोटनह्याम आएका सर्जियो रेगुलोनले आइतबार पहिलो प्रिमियर लिग खेल खेल्ने देखिन्छ भने ग्यारेथ बेल आझै फिट नभएको माउरिन्होले बताएका छन् ।

अर्को हप्ता देखी अन्तराष्ट्रिय बिश्राम सुरु हुने भए पछि यो खेलमा तीन अंकका लागि रोमान्चक खेल हुने आशा गरिएको छ ।
खेल नेपाली समय अनुसार ९ः१५ मा सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा लेस्टर सिटीले वेष्ट ह्यामसँग नेपाली समय अनुसार साँझ ४ः४५ मा खेल्ने छ । पछिल्लो खेलमा सिटीलाई पांच गोल हानेको लेस्टर आजको खेल जित्दै लय कायम राख्न चाहन्छ ।

साउथह्याम्प्टनले वेष्ट ब्रोमसँग ४ः४५ मै अर्को खेल खेल्ने छ । साँझ ६ः४५ मा पनि दुई वटा खेल हुंदै छन् । वुल्भ्सले नव प्रवेशी फुलह्यामको समाना गर्ने छ भने त्यही समय आर्सनलले सेफिल्ड युनाइटेडको समाना गर्ने छ । चौँथो चरणको अन्तिम खेलमा भने साविक बिजेता लिभरपुलले एस्टन भिल्लासँग राती १२ः०० बजे खेल्ने छ ।

Click to comment

Trending