Headline

कभानीलाई भित्र्याउदै म्यानचेस्टर युनाइटेड

Published

on

पुर्व पेरिस सेन्ट जर्माइन (पिएसजी)का फर्वार्ड एडिसन कभानी ईंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आउने पक्का भएको  छ ।

ट्रान्सफर विन्डो बन्द हुने मिती नजिकिदै गर्दा ३३ वर्षिय कभानीलाई युनाइटेड क्लब भित्र्याउन इक्षुक देखिएको हो । कभानीलाई युनाइटेडले दुई वर्षको सम्झौता दिने छ ।

पिएसजीमा सम्झौता सकिए पछि कभानी क्लब बिहिन रहेका थिए ।

उनले ५५६ क्लब खेलमा ३४१ गोल गरेका थिए । पिएसजीका लागि मात्र उन्ले ३०१ खेल खेल्दै २०० गोल गरेका छन् ।

उरुग्वेयन फर्वार्ड कभानीले इटालीमा नापोली खेल्दै  आफ्नो प्रभाव छोडिसकेका  छन्  । २०१६ मा यसै गरी युनाइटेडले ३६ बर्षिय जल्टान इब्रामिभोकलाई पिएसजीबाट युनाइटेड भित्र्याएको थियो ।

कभानी बेन्फिका जाने हल्ला भए पनि उनले युनाइटेड रोजेको धेरै संचार माध्यमहरुले बताएका छन् ।

Click to comment

Trending