IPL

हाई स्कोरिङ खेलमा कोलकातालाई पराजित गर्दै दिल्ली अंक तालिकाको शिर्ष स्थानमा

Published

on

हाई स्कोरिङ खेलमा कोलकाता नाइट राईडर्स माथि १८ रनको रोमान्चक जित हात पार्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

चार खेल खेलेको दिल्ली तेश्रो जित निकाल्दै छ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा पुगेको हो । चार खेल नै खेलेको रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान छ अंक रहे पनि नेट रन रेटका आधारमा दिल्ली पहिलो स्थानमा र बेंगलोर दोश्रो स्थानमा रहेका छन् ।

जितका लागि २२९ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको कोलकाताले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानी मात्र २१० रन बनाउन सक्यो ।

कोलकाताको तर्फबाट नितिस रानाले ३५ बलमा समान ४-४ चौका र छक्काको मद्धतमा सर्वाधिक ५८ रन बनाए । त्यस्तै तुफानी पारी खेलेका ओइन मोर्गनले १८ बलमा एक चौका र पाँच छक्का सहित ४४ तथा राहुल त्रिपाठीले १६ बलमा समान ३-३ छक्काको सहयोगमा ३६ रनको पारी खेले ।

दोश्रो ओभरमा नै ओपनर सुनिल नारायण (पाँच बलमा तीन रन) लाई गुमाएर खराब सुरुवात गरेको कोलकाताको लागि अर्का ओपनर सुबमन गिल र नितिस रानाले दोश्रो विकेटका लागि ६४ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । गिल २२ बलमा २८ रन, आन्द्रे रसेल आठ बलमा १३ रन, दिनेश कार्तिक छ तथा प्याट कमिन्स पाँच रनमा आउट हुँदा कोलकाता १३ दशमलब तीन ओभरमा छ विकेटको नोक्सानीमा १२२ को स्थितीमा पुग्यो ।

हार तर्फ उन्मुख रहेको कोलकाताको लागि मोर्गन र त्रिपाठीले सातौं विकेटका लागि मात्र ३१ बलमा ७८ रन जोड्दै जितको तर्फ उन्मुख गराए । तर पाँच बलको अन्तरालमा मोर्गन एनरिच नोर्ट्जे र त्रिपाठी मार्कस स्टोइनिसको बलमा आउट हुँदा कोलकातालाई जित भने दिलाउन सकेनन् ।

दिल्लीको जितमा बलिङ तर्फ नोर्टजेले सर्वाधिक तीन विकेट लिए भने हर्षल पटेलले पनि आफ्नो नाममा दुई विकेट दार्ता गराए ।

यस अघि शारजाह क्रिकेट रंगशालामा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानी २२८ रन बनायो ।

दिल्लीको लागि अविजित रहेका कप्तान श्रेयस ऐयरले सर्वाधिक ८८ रनको पारी खेले । खेलको म्यान अफ द म्याच घोषित भएका उनले ३८ बलको सामना गर्दै सात चौका र छ छक्का प्रहार गरे ।

सुरुवात देखि नै आक्रमक खेलेको दिल्लीको लागि ओपनरद्वय शिखर धवन र पृथ्वी शले ३५ बलमा ५६ रन जोडे । १६ बल खेल्दै समान २-२ चौका र छक्का प्रहार गरेका धवन वरुण चक्रवर्तीको बलमा आउट भए ।

त्यस पछि दिल्लीको पारी अगाडी बढाउने क्रममा श र कप्तान ऐयरले दोश्रो विकेटका लागि ४१ बलमा ७३ रन जोडे । १२ दशमलब चार ओभरमा दिल्लीको १२९ रन रहेको अवस्थामा श कमलेस नगरकोटीको बलमा सुभम गिलको हातबाट क्याच आउट हुन पुगे ।४१ बल खेल्दै समान ४-४ चौका र छक्का प्रहार गरेका शले ६६ रनको पारी खेले ।

विकेट किपर ब्याट्सम्यान रिशब पन्तले पनि तुफानी पारी खेल्ने क्रममा १७ बलमा पाँच चौका र एक छक्काको मद्धतमा ३८ रनको योगदान दिए ।

कोलकाताका आन्द्रे रसेलले चार ओभर बलिङ गर्दै २८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे भने कमलेस नगरकोटी र वरुण चक्रवर्तीले पनि समान १-१ विकेट हात पारे ।

Click to comment

Trending