Headline

लिड्सले रोक्यो सिटीलाई बराबरीमा

Published

on

पहिलो हाफमा लिएको अग्रतालाई कायम गर्न नसक्दा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडसँग १-१ बराबरी खेलेको छ ।

एलान रोडमा भएको खेलमा म्यानचेस्टर सिटीले लिड्सलाई पहिलो हाफ पूर्ण दवावमा राखेको थियो । सिटीका लागि १७ औँ मिनेटमा रहिम स्टेर्लिङले गोल गरेका थिए । लिड्सले पहिलो हाफमा राम्रो मौका हरु श्रीजना गरे पनि गोल गर्न सकेको थिएन ।

गुरु मर्सेलो बिएल्सा र चेला पेप गोर्डियोला बिचको भिडन्त मनिएको खेलमा बलियो सिटीलाई बाराबरीमा रोक्ने क्रममा लिड्सका लागि नयाँ खेलाडी रोड्रिगोले गोल गरेका थिए ।

दोस्रो हाफको ५९ औँ मिनेटमा लिड्सले बराबरी गोल फर्काएको थियो ।

बराबरीसङै लिड्सले सिटीसँग एक अंक हात पारेको छ ।

बलियो मानिएको सिटीले भने लिड्ससँग पोइन्ट ड्रप गरेको छ ।

Click to comment

Trending