IPL

श र ऐयरको अर्धशतकमा कोलकातालाई २२८ रनको लक्ष्य 

Published

on

ओपनर पृथ्वी श कप्तान श्रेयस ऐयरको तुफानी अर्धशतक प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो चौथों खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राईडर्सलाई जितका लागि २२८ रनको विशाल लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट रंगशालामा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानी २२७ रन बनायो ।

दिल्लीको लागि अविजित रहेका कप्तान श्रेयस ऐयरले सर्वाधिक ८८ रनको पारी खेले । ३८ बलको सामना गरेका उनले सात चौका र छ छक्का प्रहार गरे ।

सुरुवात देखि नै आक्रमक खेलेको दिल्लीको लागि ओपनरद्वय शिखर धवन र पृथ्वी शले ३५ बलमा ५६ रन जोडे । १६ बल खेल्दै समान २-२ चौका र छक्का प्रहार गरेका धवन वरुण चक्रवर्तीको बलमा आउट भए ।

त्यस पछि दिल्लीको पारी अगाडी बढाउने क्रममा श र कप्तान ऐयरले दोश्रो विकेटका लागि ४१ बलमा ७३ रन जोडे । १२ दशमलब चार ओभरमा दिल्लीको १२९ रन रहेको अवस्थामा श कमलेस नगरकोटीको बलमा सुभम गिलको हातबाट क्याच आउट हुन पुगे ।४१ बल खेल्दै समान ४-४ चौका र छक्का प्रहार गरेका शले ६६ रनको पारी खेले ।

विकेट किपर ब्याट्सम्यान रिशब पन्तले पनि तुफानी पारी खेल्ने क्रममा १७ बलमा पाँच चौका र एक छक्काको मद्धतमा ३८ रनको योगदान दिए ।

कोलकाताका आन्द्रे रसेलले चार ओभर बलिङ गर्दै २८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे भने कमलेस नगरकोटी र वरुण चक्रवर्तीले पनि समान १-१ विकेट हात पारे ।

यस अघिका तीन खेलमा टोलीमा पर्न नसकेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आज पनि बेञ्चमा नै बस्ने भएका छन् ।

समान तीन खेलमा दुई जित र एक हार व्यहोरेका दिल्ली र कोलकाता चार अंकका साथ अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

आफ्नो पहिलो खेलमा दिल्लीले किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्यो । दोश्रो खेलमा चेन्नाई सुपर किंग्स माथि ४४ रनको फराकिलो जित हात पारेको दिल्ली तेश्रो खेलमा भन सनराईजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो ।

कोलकाताले भने पहिलो खेलमा नै मुम्बई इन्डियन्ससँग ४९ रनको फराकिलो हारको सामना गर्न पुग्यो । पहिलो खेलमा पराजित भए पनि बाँकी दुई खेलमा क्रमश सनराईजर्स हैदराबादलाई सात विकेटले र राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्यो ।

Click to comment

Trending