Headline

एवर्टनको बिजयी यात्रा कयमै,ब्राइटन पराजित

Published

on

डोमिनिक कल्भर्ट लेविन र एरी मिनाले एक र जेम्स रोड्रिगेजले दुई गोल परे पछी एवर्टनले ब्राइटनलाई ४-२ गोलले हराएको छ ।

एवर्टनका लागि खेलको १६ औँ मिनेटमा डोमिनिक कल्भर्ट लेविन पहिलो गोल गरेका थिए । खेलमा पहिलो अग्रता लिएको एवर्टनका लागि कल्भर्ट लेविनले लगतार चार खेलमा गोल गरेका हुन् ।

खेलमा ब्राइटनले ४१ मिनेटमा बाराबरी गोल गरेको थियो । ब्राइटनका लागि निएल माउपेले ४१ औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई १-१ को स्थितीमा पुर्याएका थिए तर पहिलो हाफको इन्जुरी समयमा एवर्टनले बराबरी गोल गरेको थियो । एवर्टनका लागि जेम्स रोड्रिगेजको पासमा एरी मिनाले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याएका थिए ।

दोस्रो हाफमा एवर्टनका लागि जेम्स रोड्रिगेजले खेलमा अझै आफ्नो प्रभाव देखाएका थिए । उनले एवर्टनका लागि दोस्रो हाफमा दुई गोल गरेका थिए । रोड्रिगेजले ५२ औँ मिनेटमा एवर्टनका लागि तेस्रो र ७० औँ मिनेटमा तेस्रो गोल गरेका थिए ।

ब्राइटनले भने खेलको ९० मिनेट पछिको इन्जुरी टाइममा दोस्रो गोल गरेको थियो । ब्राइटनका लागि भेस बिसउमाले गोल गर्दै खेल ४-२ को स्थितीमा ल्याएका थिए ।

जितसँगै एवर्टनले प्रिमियर लिगमा लगतार चार खेल जित्दै शिर्ष स्थानमा रहेको छ ।

आजै हुने खेलमा म्यानचेस्टर सिटी र लिड्स युनाइटेड भिड्दै छन् भने अर्को खेलमा बर्न्ले र न्युकासल युनाइटेड खेल्दै छन् ।

Click to comment

Trending