IPL

कोलकाता पहिले ब्याटिङ गर्दै, दिल्लीले आज पनि सन्दिपलाई खेलाएन 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आजको दोश्रो खेलमा दिल्ली क्यापिटल्स विरुद्ध कोलकाता नाइट राईडर्सले पहिले ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा कोलकाताले खेलमा टस जितेर दिल्लीलाई ब्याटिङ गर्न लगाएको हो ।

आजको खेलमा दिल्लीले दुई परिवर्तन गरेको छ भने कोलकाताले १ परिवर्तन गरेको छ । कोलकाताले कुलदिप यादवको स्थानमा राहुल त्रिपाठीलाई टोलीमा समावेस गरेको छ भने दिल्लीले यस अघि चोटका कारण टोलीमा नपरेका रविचन्द्रन अश्विन र इशान्त शर्मालाई अक्सर पटेल र हर्षल पटेलको स्थानमा सुरुवाती ११ मा राखेको छ ।

यस अघिका तीन खेलमा टोलीमा पर्न नसकेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आज पनि बेञ्चमा नै बस्ने भएका छन् ।

समान तीन खेलमा दुई जित र एक हार व्यहोरेका दिल्ली र कोलकाता चार अंकका साथ अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

आफ्नो पहिलो खेलमा दिल्लीले किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्यो । दोश्रो खेलमा चेन्नाई सुपर किंग्स माथि ४४ रनको फराकिलो जित हात पारेको दिल्ली तेश्रो खेलमा भन सनराईजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो ।

कोलकाताले भने पहिलो खेलमा नै मुम्बई इन्डियन्ससँग ४९ रनको फराकिलो हारको सामना गर्न पुग्यो । पहिलो खेलमा पराजित भए पनि बाँकी दुई खेलमा क्रमश सनराईजर्स हैदराबादलाई सात विकेटले र राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्यो ।

Click to comment

Trending