Headline

चिलवेलको उत्कृष्ट प्रदर्शनमा चेल्सी बिजयी

Published

on

लेस्टर सिटीबाट चेल्सी आएका लेस्ट-ब्याक बेन चिलवेलले उत्कृष्ट प्रदर्शन गरे पछि चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० ले हराएको छ ।

चेल्सीका लागि बेन चिलवेल र कर्ट जोउमाले एक गोल गरेका थिए भने जोर्जिनिहोले दुई गोल पेनाल्टी मार्फत गरेका थिए।

खेलमा चेल्सीले पहिलो गोल गरेको थियो । पहिलो हाफ गोल रहित बाराबरी खेलेको चेल्सीले दोस्रो हाफमा पहिलो गोल गरेको थियो ।

खेलको ५० औँ मिनेटमा चेल्सीका लागि बेन चिलवेलले पहिलो गोल गरेका थिए । ६६ औँ मिनेटमा भने चेल्सीले दोस्रो गोल गरेको थियो । चेल्सीका लागि दोस्रो गोल कर्ट जोउमाले बेन चिलवेलको क्रसमा गरेका थिए ।

तेस्रो गोल भने चेल्सीका लागि पेनाल्टी मार्फत जर्जिनिहोले गरेका थिए । ट्यामी अब्राहमलाई प्यालेसका डिफेन्डरले लडाए पछी पाएको पेनाल्टीलाई ७८ औँ मिनेटमा गोल गर्दै खेल ३-० को स्थितीमा पुराएका थिए । चौँथो गोल पनि जर्जिनिहोले ८२ औँ मिनेटमा पेनाल्टी मार्फत गरेका थिए ।

आज नै हुने अर्को खेलमा एवर्टन र ब्राइटन, म्यानचेस्टर सिटी र लिड्स युनाइटेड, बर्न्ले र न्युकासल भिड्दै छन् ।

Click to comment

Trending