IPL

बेंगलोरलाई १५५ रनको मध्यम लक्ष्य

Published

on

पुछारमा ब्याटिङ गर्न आएका राहुल टेवाटिया र जोफ्रा आर्चरले पारीको अन्त्यमा २० बलमा ४० रन जोडे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १५५ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको राजस्थानले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५४ रन बनायो ।

कप्तान स्टिभ स्मिथको निर्णयलाई गलत सावित गराउँदै बेंगलोरले राजस्थानलाई चार दशमलब एक ओभरमा तीन विकेटको नोक्सानीमा ३१ रनको अवस्थामा पुर्याय । पहिलो विकेटका लागि दुई दशमलब चार ओभरमा पाँच रन बनाएका कप्तान स्मिथ आउट भए भने त्यस पछि राजस्थानले जम्मा चार रन जोड्दा चार रन बनाएका सन्जु सामसन र १२ बलमा २२ रन बनाएका जस बटलर पनि आउट हुँदै पेभेलियन फर्किए ।

राजस्थानको लागि सर्वाधिक रन बनाएका महिपाल लोम्रोरले २२ बलमा १७ रन बनाएका रबिन उथप्पासँगचौथों विकेटका लागि ३९ तथा १८ बलमा १६ रन बनाएका रियान परागसँग पाँचौं विकेटका लागि ३५ रनको साझेदारी गर्दै पारी सम्हाले । ३९ बलमा एक चौका र तीन छक्काको मद्धतमा ४७ रन बनाएका लोम्रोर युज्बेन्द्र चाहालको शिकार भए पछि राजस्थान सानो स्कोरमा खुम्चिन पुग्यो ।

१६ दशमलब चार ओभरमा छ विकेटको नोक्सानीमा ११४ रनको अवस्थाबाट राहुल टेवाटिया र जोफ्रा आर्चरले तीन दशमलब दुई ओभरमा ४० रन जोड्दै राजस्थानलाई १५४ रन सम्मको स्कोर सम्म पुर्याय । अविजित रहेका टेवाटिया र आर्चरले क्रमश १२ बलमा तीन छक्काको मद्धतमा २४ रन र १० बलमा समान १-१ चौका र छक्का सहित १६ रन बनाए ।

बेंगलोरका युज्बेन्द्र चाहाल किफायती बलिङ गर्दै चार ओभरमा २४ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे । महंगो साबित भए पनि इसरु उडानाले दुई तथा नवदिप साइनीले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

समान ३-३ खेल खेलेका राजस्थान र बेंगलोरले दुईमा जित र एकमा हारको सामना गरेका छन् । दुबै टोलीको समान चार अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान पाँचौं र बेंगलोर छैठौं स्थानमा रहेका छन् ।

पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हारको सामना गरेको थियो । त्यस्तै आफ्नो तेश्रो खेलको २० ओभर बराबरीमा सकिए पछि बेंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्न सकेको थियो ।

राजस्थानले पहिलो दुई खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले तथा दोश्रो खेलमा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गरे पनि आफ्नो तेश्रो खेलमा कोलकाता नाइट राईडर्ससँग ३७ रनको हार व्यहोरेको थियो ।

Click to comment

Trending