IPL

बेंगलोर विरुद्ध राजस्थान पहिले ब्याटिङमा 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद क्रिकेट रंगशालामा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

समान ३-३ खेल खेलेका राजस्थान र बेंगलोरले दुईमा जित र एकमा हारको सामना गरेका छन् । दुबै टोलीको समान चार अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान पाँचौं र बेंगलोर छैठौं स्थानमा रहेका छन् ।

पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हारको सामना गरेको थियो । त्यस्तै आफ्नो तेश्रो खेलको २० ओभर बराबरीमा सकिए पछि बेंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्न सकेको थियो ।

राजस्थानले पहिलो दुई खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले तथा दोश्रो खेलमा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गरे पनि आफ्नो तेश्रो खेलमा कोलकाता नाइट राईडर्ससँग ३७ रनको हार व्यहोरेको थियो ।

Click to comment

Trending