IPL

आईपीएलमा आज दुई खेल, बेंगलोर र राजस्थान तथा दिल्ली र कोलकाता भिड्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्स तथा दोश्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राईडर्स भिड्दै छन् ।

आजको पहिलो खेलमा बेंगलोर र राजस्थान बीच शेख जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउँस ३:४५ बजे सुरु हुनेछ ।

समान ३-३ खेल खेलेका राजस्थान र बेंगलोरले दुईमा जित र एकमा हारको सामना गरेका छन् । दुबै टोलीको समान चार अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान पाँचौं र बेंगलोर छैठौं स्थानमा रहेका छन् ।

पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हारको सामना गरेको थियो । त्यस्तै आफ्नो तेश्रो खेलको २० ओभर बराबरीमा सकिए पछि बेंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्न सकेको थियो ।

राजस्थानले पहिलो दुई खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले तथा दोश्रो खेलमा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गरे पनि आफ्नो तेश्रो खेलमा कोलकाता नाइट राईडर्ससँग ३७ रनको हार व्यहोरेको थियो ।

आज नै हुने दोश्रो खेलमा दिल्ली र कोलकाता साँझ ७:४५ बजे शारजाह क्रिकेट रंगशालामा भिड्ने छन् ।

समान तीन खेलमा दुई जित र एक हार व्यहोरेका दिल्ली र कोलकाता चार अंकका साथ अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

आफ्नो पहिलो खेलमा दिल्लीले किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्यो । दोश्रो खेलमा चेन्नाई सुपर किंग्स माथि ४४ रनको फराकिलो जित हात पारेको दिल्ली तेश्रो खेलमा भन सनराईजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो ।

कोलकाताले भने पहिलो खेलमा नै मुम्बई इन्डियन्ससँग ४९ रनको फराकिलो हारको सामना गर्न पुग्यो । पहिलो खेलमा पराजित भए पनि बाँकी दुई खेलमा क्रमश सनराईजर्स हैदराबादलाई सात विकेटले र राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्यो ।

Click to comment

Trending