Headline

लिभरपुलका मानेलाई कोरोना संक्रमण

Published

on

लिभरपुल र सेनेगलका स्टार फर्वार्ड सादियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

लिभरपुलले आफ्नो वेबसाईटमा एक विज्ञप्ति जारी गर्दै मानेलाई कोरोना संक्रमण पुष्टि भएको बताएको हो। क्लबले उनी हाल उनी सेल्फ आइसोलेसनमा बस्नुपर्ने जानकारी गराएका छन।

उनमा कोरोनाको सामान्य लक्षण रहेको र कम्तीमा दस दिनका लागि आइसोलेसनमा बस्नुपर्ने क्लबले जानकारी गराएका छन।

केहि दिन अघि मात्रै लिभरपुलका थियागो अल्कान्टारमा संक्रमण पुष्टि भएको थियो। थियागो पनि अहिले सेल्फ आइसोलेसन मै रहेका छन्।

दुबै जना अन्तर्राष्ट्रिय ब्रेकपछि मात्रै टिममा फर्कने वा नफर्किने भने निश्चित भएको छैन।

Click to comment

Trending