Headline

प्रिमियर लिगमा आज: चेल्सी र क्रिस्टल प्यालेस खेल्दै , सिटी र लिड्सबीच तिब्र प्रतिस्पर्धाको अपेक्षा

Published

on

प्रिमियर लिगमा आज चेल्सी र क्रिस्टल प्यालेस भिड्दै छन् । अघिल्लो खेलमा वेष्ट ब्रोमसँग संघर्षपूर्ण बराबरी गरेको चेल्सीलाई अर्को हप्ता देखी सुरु हुने अन्तराष्ट्रिय बिश्राम अघि आज हुने खेलमा तीन अंक निकै महत्वपूर्ण देखिन्छ ।

प्यालेसले भने खेलेका तीन मध्ये एक खेलमा मात्र हार व्यहोरेको छ । म्यानचेस्टर युनाइटेड र साउथह्याम्प्टन विरुद्ध जित निकालेको क्रिस्टल प्यालेसलाई चेल्सीले पछिल्ला पाँच खेलमा एक खेल पनि जित्न दिएको छैन । प्यालेसले पनि स्टामफोर्ड ब्रिजमा ११ मध्ये मात्र दुई खेल आफ्नो पक्षमा पारेको छ ।

चेल्सीको बलियो युवा टोलीलाई क्रिस्टल प्यालेसको लयमा रहेको टोलीसँग जित निकाल्नु चुनौती नै हुने छ ।

खेल नेपाली समय अनुसार साँझ ५:१५ मा सुरु हुने छ ।

यस्तै दोस्रो खेलमा एवर्टनले ब्राइटनको सामना गर्दै छ । लगातार चौँथो खेल जित्ने दाउमा रहने एवर्टनलाई तीन मध्ये एक खेल मात्र जितेको ब्राइटनसँग चौँथो चरणमा खेल्नु निकै रोमान्चक हुने छ ।

नयाँ खेलाडीको आगमनसँगै बादलिएको एवर्टनलाई धेरैले यही लय कायम राखे प्रिमियर लिगको मुख्य दवेदारको रुपमा हेरेका छन् ।

नेपाली समय अनुसार यो खेल ७:४५ मा सुरु हुने छ ।

यस्तै आजको खेलहरु मद्धे सबै भन्दा रोमान्चक खेल लिड्स युनाइटेड र म्यानचेस्टर सिटी विरुद्ध हुने छ । यसलाई गुरु-चेलाको भिडन्त्को रुपमा हेरिएको छ ।

लिड्सले प्रिमियर लिगमा सिटीसँग खेलेका पाँच मध्ये तीनमा जित हात पारेको छ । २००३-२००४ को सिजन देखी प्रिमियर लिगमा सिटीसँग नखेलेको लिड्सलाई आजको खेल जितेमा शिर्ष ६ मा पर्न धेरै संघर्ष गर्नु नपर्ने धेरै फुटबल पण्डितहरुले बताएका छन् ।

अन्तिम पटक २०१३ को एफए कपमा यि दुई टोली खेलेका थिए जस्मा सिटीले लिड्सलाई ४-० ले हराउदै अर्को चरणमा प्रवेश पाएको थियो तर आज भने त्यस्तो नहुन सक्छ । पेप ग्वार्डियोला र मार्सेलो बिएल्सा बिचको भिडन्तलाई निकै खतरनाक मानिएको छ ।

यो पनि पढ्नुहोस् :ग्वार्डियोला भर्सेस बिएल्साः १४ बर्षदेखिको गुरु-चेला सम्बन्ध

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

यस्तै दिनको अन्तिम खेलमा न्युकासलले बर्न्लेको समाना गर्दैछ । यो खेल १२:४५ मा सुरु हुने छ ।

Click to comment

Trending