IPL

हैदराबादसँग चेन्नाई सात रनको झिनो अन्तरले पराजित

Published

on

रविन्द्र जडेजा र कप्तान महेन्द्र सिंह धोनीको ब्याटिंङका बाबजुद चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो चौथों खेलमा सनराईजर्स हैदराबादसँग सात रनको झिनो अन्तरले पराजित हुन पुगेको छ । चौथों खेलमा हैदराबादको यो दोश्रो जित हो भने चार खेल नै खेलेको चेन्नाईको लगातार तेश्रो हार हो ।

१६५ रनको विजयी लक्ष्य पक्ष्याएको चेन्नाईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १५७ रन बनाउन सक्यो ।

चेन्नाईको लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले अर्धशतकीय पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । ३५ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएका जडेजाले पाँचौं विकेटका लागि कप्तान महेन्द्र सिंह धोनीसँग ७२ रनको साझेदारी गर्दै जित तर्फ लागे पनि १७ दशमलब चार ओभरमा टि नटराजनको शिकार भए पछि चेन्नाईको खेलमा फर्कने प्रयास असफल रह्यो ।

शेन वाटसन एक रन, अम्बाती रायुडू आठ रन, केदार जाधव तीन रन र फाफ डु प्लेसिस २२ रनमा आउट भए पछि चेन्नाई आठ दशमलब दुई ओभरमा चार विकेटको क्षतीमा ४२ रनको अवस्थामा खुम्चिन पुग्यो ।

अविजित रहेका कप्तान महेन्द्र सिंह धोनीले ३६ बलमा चार चौका र एक छक्काको मद्धतमा ४७ रन बनाए भने पाँच बलमा १५ रन बनाउँदै साम कुर्रान पनि अविजित रहे ।

चेन्नाईलाई रोक्ने क्रममा नटराजनले सर्वाधिक दुई विकेट लिए भने भुब्नेश्वर कुमार र अब्दुल सम्सादले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । रशिद खानले विकेट निकाल्न नसके पनि किफायती बलिङ गर्दै चार ओभरमा मात्र १२ रन खर्चिए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशाला टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६४ रन बनायो ।

ओपनर जोनी बेरिस्टो पहिलो ओभरको चौथों बलमा नै खाता नखोली दिपक चाहारको बलमा बोल्ड हुँदा खराब सुरुवात गरेको हैदराबादको लागि कप्तान डेभिड वार्नर र मनिष पाण्डेले दोस्रो विकेटका लागि ४६ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । तर २१ बलमा पाँच चौका सहित २९ रन बनाएका पाण्डे शार्दुल ठाकुरको शिकार हुन पुगे ।

२९ बलमा २८ रन बनाएका कप्तान वार्नर (पियुष चावलाको बलमा आउट) र १३ बलमा नौं रन बनाएका केन विलियमसन (रन आउट) लगातार दुई बलमा आउट हुँदा हैदराबाद १० दशमलब छ ओभरमा चार विकेटको नोक्सानीमा ६९ रनको स्थितीमा खुम्चिन पुग्यो ।

एक समय सानो योगफलमा समेटिने देखिएको हैदराबादको तर्फबाट प्रियम गर्ग र अविषेक शर्माले पाँचौं विकेटका लागि ४३ बलमा ७७ रन जोडे पछि सम्मानजनक योगफल बनाउन सफल भयो । शर्मा २४ बल खेल्दै चार चौका र एक छक्काको मद्धतमा ३१ रन बनाउँदै चाहारको बलमा महेन्द्र सिंह धोनीको हातबाट क्याच आउट हुन पुगे ।

अविजित रहेका गर्गले २६ बल खेल्दै छ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ५१ रन बनाए ।

चेन्नाईका दिपक चाहारले सर्वाधिक दुई विकेट लिए भने शार्दुल ठाकुर र पियुष चावलाले पनि समान १-१ विकेट हात पारे ।

 

Click to comment

Trending