Headline

बार्साले डेम्बेले म्यानचेस्टर युनाइटेडलाई नबेच्ने

Published

on

लामो समय चोटका कारण आफूलाई साबित गर्न चुकिरहेका फ्रेन्च फर्वार्ड औस्माने डेम्बलेलाई बेच्ने कुनै मनसाय नरहेको बार्सिलोनाले बताएको छ ।

नयां प्रशिक्षक रोनाल्ड कोमनको आगमनसंगै बार्सिलोनाले डेम्बेलेलाई म्यानचेस्टर युनाइटेडलाई बेच्न लागेको हल्ला चल्दै आएको थियो । “म्यानचेस्टर युनाइटेडसंग कुनै मोलतोल भएको छैन । डेम्बेले यस्ता खेलाडी हुन् जसबाट हामीले धेरै अपेक्षा राखेका छौं,” बार्सिलोनाका स्पोर्टिंगडिरेक्टर रामोन प्लेन्सले भने ।

यो सिजनको समर टान्सफर विन्डोअक्टोबर ५ सोमबार सकिदैछ ।

गत सिजन दशकयताकै खराब प्रदर्शन गरेपछि बार्सिलोनाले आफ्नो स्पोर्टिंग डिरेक्टरको रुपमा प्लेन्सलाई ल्याएको थियो भने उनी कामनसंगै टिम हेरफेरमा लागिरहेका छन् ।

२०१७ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बार्सिलोना आएदेखि नै २३ बर्षिय डेम्बेले ह्यामस्टिंगको चोटका कारण मैदानमा बाहिर धेरै समय बिताउदै आइरहेका छन् । लुईस सुवारेज, इभान राकिटिच र आर्टुरो भिडाललाई बिदाई गरिसकेको बार्सिलोनाले उनलाई युनाइटेडलाई बेच्ने तयारी गर्दै आएको समाचारहरु बाहिर आएका थिए ।

“हामी डेम्बेलेको फुटबलिंग ट्यालेन्टको पूर्ण फाइदा उठाउन चाहन्छौं। उनको बार्सिलोनामा यो बर्ष उत्कृष्ट हुनेमा हामी बिश्वस्त छौं, भर्खरै आएका डच डिफेन्डर सर्जिनो डेस्टलाई स्वागत गर्नका लागि राखिएको कार्यक्रममा प्लेन्सले भने ।

प्लेन्सले अन्य दुई फ्रेन्च डिफेन्डर स्यामुएल उम्टिटी र २० बर्षिय जन(क्लेयर टोडिबोले भने क्लब छोड्ने संकेत दिएका थिए ।

Click to comment

Trending