Headline

ग्वार्डियोला भर्सेस बिएल्साः १४ बर्षदेखिको गुरु-चेला सम्बन्ध

Published

on

सन् २००६ मा खेलाडीको रुपमा आफ्नो व्यवसायिक करिअर समाप्त गर्ने क्रममा पेप ग्वार्डियोला मेक्सिकन क्लब डोरोडोसमा छोटो समयको लागि खेलिरहेका थिए । तर उनको ध्येय अर्कै थियो । डोरोडोसका स्पेनि प्रशिक्षक हवानमा लिलोको सानिध्यमा उनी फुटबल व्यवस्थापनको कलामा पोख्त हुनका लागि त्यहा गएका थिए ।

प्रशिक्षण करिअरमा हाम फाल्नु अघि ग्वार्डियोलालाई यो सुन्दर खेलका अर्का दार्शनिकलाई भेट्न अर्जेन्टिना भ्रमण गर्नका लागि सुझाव दिइयो । अर्जेन्टिनालाई २००४ को ओलम्पिक स्वर्ण दिलाएका मार्सेलो बिएल्सा त्यो समय जागिर बिहिन थिए । उनले ग्वार्डियोलालाई रोजारियो नजिक आफ्नो घर बोलाए र दुई जनाको वार्तालाप झण्डै १० घण्टा चलेको थियो ।

दुई बर्षभित्रै ग्वार्डियोलाले बार्सिलोना सम्हाले र यस्तो टिमको निर्माण गरे जुन क्लबस्तरमा सर्वकालीन महान बन्न पुग्यो । ग्वार्डियोलाले बनाएको टोलीको पूर्ण शक्ति बिएल्साले तब महसुस गरे जब उनी एथ्लेटिक बिल्बाओको प्रशिक्षकको रुपमा सन् २०११ मा स्पेनिस फुटबलमा फर्किए ।

त्यो समयदेखि नै ग्वार्डियोलाले बिएल्सालाई बिश्वकै उत्कृष्ट मध्येका एक प्रशिक्षक मान्दै आएका छन्। आफुले सबैभन्दा बढी सम्मान दिदै आएका उनै बिएल्साबिरुद्ध ग्वार्डियोला शनिबार आमने-सामने हुदैछन् । १६ बर्षपछि लिड्स युनाइटेडलाई प्रिमियर लिगमा फर्काएका बिएल्सा र म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उत्कृष्ट टोली बनाएका उनका शिष्य ग्वार्डियोला टच लाइनमा परस्पर उभिनेछन् ।

“हामीबीच जे बिषयमा छलफल भयो त्यसबाट मैले उनी फुटबलको बारे निकै सोच्ने व्यक्ति रहेको ज्ञान भयो,” ग्वार्डियोलासंग भएको पहिलो छलफलको बारे सम्झदै बिएल्साले यसै साता भनेका थिए ।

“सबैभन्दा पहिले त उनको कल्पना गर्ने क्षमता उत्कृष्ट छ । आफूले सामना गरेका समस्याको समाधान उनी निरन्तर निकाल्न सक्छन्। उनले प्रस्ताव गरे अनुरुप नै कार्यान्वयन गर्न सक्ने क्षमताले नै अन्य प्रशिक्षकभन्दा भिन्न छन् भनेर स्पष्ट पार्छ । जब तपाई कसैको तारिफ गर्नुहुन्छ भने किन भन्ने जवाफ पनि हुन आवश्यक छ । नत्र भने यो केवल एक सान्त्वना मात्र हुनेछ,” बिएल्साले भने ।

ग्वार्डियोलाले कहिल्यै पनि बिएल्साको प्रशिक्षणमा खेलेनन् तर उनी त्यो भएको चाहन्थे । बिएल्सासंग गरिएका संवाद र उनीसंग काम गरेका खेलाडीहरुलाई आधार मान्दै ग्वार्डियोला बिएल्सा पछ्याउन नसकिने प्रशिक्षकको रुपमा रहेको भन्न सुरक्षित ठान्छन्। बिएल्साको राम्रो र खराब नतिजा प्रतिको मानसिक ग्रहण अझै पनि ग्वार्डियोला आफ्नो दिमागमै अडिएको मान्छन् ।

“उनी सबैभन्दा बिश्वसनीय व्यवस्थापक हुन,” ग्वार्डियोलाले लिड्सबिरुद्धको खेल अघि शुक्रबार भने । “आफ्नो टिमलाई लिएर हिड्ने उनको तरिका बिछट्टै छ । उनीसंग केही समय बिताउन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु। ती समयहरु मेरो लागि सधै प्रेरणादायी रहदै आएका छन् ।”

“मेरो सिद्धान्त भनेको एक व्यवस्थापकको गुण उनले जितेको उपाधिहरुले निर्धारण गर्दैन । मैले अथवा मेरो टोलीले उनको तुलनामा धेरै उपाधि जितेका छन् तर खेलको बारे ज्ञान र अभ्यास सत्रहरुका आधारमा म उनी भन्दा धेरै पछाडी छु,” ग्वार्डियोलाले भने ।

१६ बर्षको पुनरागमनपछि पनि बिएल्साको लिड्सले प्रिमियर लिगमा आफ्नो उपस्थितिलाई बुलन्द बनाउदै लिभरपुलसंको पहिलो खेलमा प्रतिस्पर्धात्मक रुपमा ४-३ ले पराजित हुन पुग्यो । तर उक्त खेलमा अझै बढी गोल हुने थियो । बिएल्साले२०१८ देखि टिममा सिञ्चित गरेको छाल रुपी आक्रमण, त्यो पनि एन्फिल्डमा, म्यान-टु-म्यान मार्किंगले सबैको मन जितेको थियो ।

सिटीले गर्ने गरेको आक्रमण र रक्षपंक्तिको कमजोरीका कारण लेस्टरसंग ५-२ ले पराजित भएको आधारमा शनिबार एलन्ड रोडमा थुप्रै गोल हुने अपेक्षा गरिएको छ ।

Click to comment

Trending