IPL

हैदराबाद पहिले ब्याटिङ गर्दै

Published

on

अंक तालिकाको पुछारमा रहेका चेन्नाई सुपर किंग्स र सनराईजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करणको १४औं खेलमा एक आपसमा भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशाला हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

हैदराबादले आजको खेलमा कुनै परिवर्तन गरेको छैन भने चेन्नाईले यस अघि चोटका कारण टोलीमा स्थान बनाउन नसकेका ड्वायन ब्राभो र अम्बाती रायुडूलाई सुरुवाती ११ मा राखेको छ ।

समान ३-३ खेल खेलेका हैदराबादले र चेन्नाई एक खेलमा जित तथा दुईमा हार ब्यहोर्दै समान २-२ अंकका साथ अंक तालिकाको क्रमश सातौं र आठौं स्थानमा रहेका छन् । समान अंक रहे पनि हैदराबाद राम्रो नेट रन रेटका आधारमा सातौं स्थानमा छ ।

पहिलो खेलमा नै साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको चेन्नाईले त्यस पछि खेलेका दुबै खेलमा पराजय भोगेको थियो । चेन्नाई दोश्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले तथा तेश्रो खेलमा दिल्ली क्यापिटल्ससँग ४४ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।

हैदराबादले भने प्रतियोगितामा राम्रो सुरुवात गर्न सकेन । सुरुका लगातर दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राईडर्ससँग क्रमश १० रन र सात विकेटले पराजित भएको हैदराबादले तेश्रो खेलमा भने दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो ।

चेन्नाई र हैदराबादले एक आपसमा कुल १३ खेल खेलेका छन् जसमा चेन्नाईले १० खेलमा जित निकाल्दा हैदराबादले तीन खेलमा मात्र जित हात पार्न सकेको थियो । उनीहरुले १२ खेल आईपीएलमा र एक खेल च्याम्पियन्स लिग टि-ट्वान्टीमा भिडेका थिए ।

पछिल्लो पाँच खेलमा चेन्नाईले चार खेलमा र हैदराबादले एक खेल जितेका थिए । चेन्नाईले सन् २०१८ को आईपीएलमा हैदराबादलाई आठ विकेटले पाखा लगाउँदै तेश्रो पटक उपाधि चुमेको थियो ।

Click to comment

Trending