Headline

लेवानडस्कीलाई युइएफए वर्ष खेलाडीको उपाधि

Published

on

बायर्न म्युनिखका फर्वार्ड रोबर्ट लेवानडस्कीले युइएफए पुरुष बर्ष खेलाडीको उपाधि हात परेका छन् ।

३२ वर्षिय पोल्यान्डका स्ट्राइकरले बायर्नका साथी म्यानुयल नुयर र म्यानचेस्टर सिटीका केविन ड्री ब्रुनलाई पछि पार्दै उपाधि हात परेका हुन् । यता बायर्नका प्रशिक्षक हान्सी फ्लिकलाई भने बर्षका उत्कृष्ट प्रशिक्षकको उपाधि दिइएको छ ।

बायर्नले च्यामपियन्स लिग,बुन्डेसलिगा र जर्मन कपको उपाधि हात पार्दा लेवानडस्कीले ४७ खेलमा ५५ गोल गरेका थिए ।

उनले २०१९-२०२० मा युरोपका अन्य खेलाडीहरु भन्दा १६ गोल बढी गरेका हुन् ।

अघिल्लो वर्षको च्यामपियन्स लिगका उत्कृष्ट गोलकिपरमा बायर्नका म्यानुयल नुयर, उत्कृष्ट डिफेन्डरमा जोसुवा किमिख, उत्कृष्ट मिड्फिल्डरमा सिटीका केवेन डि ब्रुन र फर्वार्डमा बायर्नका नै रोबर्ट लेवनडस्कीले उपाधि हात पार्न सफल भए ।

 

 

Click to comment

Trending