Headline

एन्फिल्डमा लिभरपुललाई आर्सनलले हरायो

Published

on

लिग कपको अन्तिम १६ को खेलमा आर्सनलले लिभरपुलललाई पेनाल्टीमा ४-५ ले हराएको छ ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसके पछी खेल पेनाल्टीमा गएको थियो । क्वार्टर-फाइनल प्रवेशका लागि भएको खेलमा लिभरपुललाई यो सिजन एन्फिल्डमा हराउने आर्सनल पहिलो टोली बनेको छ ।

दुवै टोलीले गोल गर्न पाएको मौका सदुपयोग गर्न नसक्दा खेल एक्स्ट्रा टाइम बिना पेनाल्टीमा जान पुगेको थियो । लिभरपुलले युवा टोली उतारेको थियो।

आर्सनलका लागि सबै खेलाडीले पेनाल्टीमा गोल गरे पनि लिभरपुलका लागि भने ह्यारी विल्सन चुक्न पुगेका थिए ।

आर्सनलले ईंग्लिस फुटबल लिगले क्वार्टर-फाइनलको ड्र निकाले पछि को सँग खेल्ने निश्चित हुने छ ।

Click to comment

Trending