Headline

१० जनामा सिमित भएपनि बार्साको सहज जित

Published

on

स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोश्रो जित हात पारेको छ ।

बिहिबार राति भएको खेलमा बार्सा १० खेलाडीमा सिमित भएपनि सेल्टा भिगोलाई ३-० ले हराउन सफल भयो । खेलको शुरुवातमै अंसु फातीको गोलबाट अग्रता लिएको बार्सा ४२ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो ।

क्लेमेन्ट ल्याँगलेटले दोहोरे पहेलो कार्ड खादै मेदान बाहिरिएका थिए । ५१ औं मिनेटमा बार्साको निरन्तर दवाब पछि लुकास ओलाजाले आफ्ने पोस्टमा गोल गर्न पुगेका थिए । सर्जियो रोबेर्टोले अतिरिक्त समयको पाचों मिनेटमा तेश्रो गोल गरेका थिए ।

बिहिबार नै भएका अन्य दुई खेलमा काडिज र सेभियाले जित हात पारे । यसे सिजन बढुवा भएको काडिजले एथ्लेटिक बिल्बाओलाई र सेभियाले लेभान्तेलाई समान १-० गोल अन्तरले हराए ।

बार्साका लागि फातीले लगातार दोश्रो खेलमा गोल गरेका हुन्। उनले यसअघि रियल भालाडोलिडबिरुद्धको खेलमा पनि दुई गोल गरेका थिए ।

Click to comment

Trending