IPL

मुम्बई पहिले ब्याटिङ गर्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को साबिक विजेता मुम्बई इन्डियन्सले आफ्नो तेश्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद अन्तरास्ट्रिय क्रिकेट रंगशालमा किंग्स ११ पन्जाबका कप्तान केएल राहुलले टस जितेर मुम्बईलाई पहिले ब्याटिङ गर्न लगाएका हुन् ।

मुम्बईले आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन भने पन्जाबले एक परिवर्तन गरेको छ । पन्जाबले आजको खेलमा पनि मुजिब उर रहमान र क्रिस गेललाई आफ्नो सुरुवाती ११ मा समावेस गरेन ।

यस अघि समान ३-३ खेल खेलेका पन्जाब र मुम्बई समान २-२ अंकका साथ अंक तालिकाको क्रमश पाँचौं र छैठौं स्थानमा रहेका छन् । समान १-१ खेलमा जित र २-२ खेलमा हार व्यहोरेका पन्जाब र मुम्बई नेट रन रेटका आधारमा पाँचौं र छैठौं स्थानमा रहेका हुन् ।

गत संस्करणको विजेता मुम्बईले यस संस्करणको उद्घाटन खेलमा गत वर्षको उपविजेता चेन्नाई सुपर किंग्ससँग पाँच विकेटको हारका साथ प्रतियोगितामा खराब सुरुवात गर्यो । दोश्रो खेलमा कोलकातालाई ४९ रनले पराजित गरेको मुम्बई अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुग्यो ।

पन्जाबले प्रतियोगितामा खराब सुरुवात गर्ने क्रममा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित हुँदै महत्वपुर्ण दुई अंक गुमायो । दोश्रो खेलमा उत्कृस्ट पुनरागमन गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फरालिको अन्तरले पराजित गरे पनि फेरी आफ्नो तेश्रो खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भयो ।

मुम्बई र पन्जाबले हाल सम्म एक अपससँग २४ खेल खेलेका छन् जसमा मुम्बई १३-११ खेलले जित हारमा अघि रहेको छ । पछिल्लो पाँच खेलको नतिजालाई हेर्ने हो भने पनि मुम्बईले पन्जाबलाई तीन पटक पराजित गर्दा पन्जाब दुई खेलमा मुम्बईलाई हराउन सफल भएको छ ।

Click to comment

Trending