IPL

दोश्रो जितको खोजीमा साबिक विजेता मुम्बई र पन्जाब

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को साबिक विजेता मुम्बई इन्डियन्सले आफ्नो तेश्रो खेलमा किंग्स ११ पन्जाबको सामना गर्दैछ । शेख जायद अन्तरास्ट्रिय क्रिकेट रंगशालमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

समान ३-३ खेल खेलेका पन्जाब र मुम्बई समान २-२ अंकका साथ अंक तालिकाको क्रमश पाँचौं र छैठौं स्थानमा रहेका छन् । समान १-१ खेलमा जित र २-२ खेलमा हार व्यहोरेका पन्जाब र मुम्बई नेट रन रेटका आधारमा पाँचौं र छैठौं स्थानमा रहेका हुन् ।

गत संस्करणको विजेता मुम्बईले यस संस्करणको उद्घाटन खेलमा गत वर्षको उपविजेता चेन्नाई सुपर किंग्ससँग पाँच विकेटको हारका साथ प्रतियोगितामा खराब सुरुवात गर्यो । दोश्रो खेलमा कोलकातालाई ४९ रनले पराजित गरेको मुम्बई अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुग्यो ।

पन्जाबले प्रतियोगितामा खराब सुरुवात गर्ने क्रममा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित हुँदै महत्वपुर्ण दुई अंक गुमायो । दोश्रो खेलमा उत्कृस्ट पुनरागमन गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फरालिको अन्तरले पराजित गरे पनि फेरी आफ्नो तेश्रो खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भयो ।

मुम्बई र पन्जाबले हाल सम्म एक अपससँग २४ खेल खेलेका छन् जसमा मुम्बई १३-११ खेलले जित हारमा अघि रहेको छ । पछिल्लो पाँच खेलको नतिजालाई हेर्ने हो भने पनि मुम्बईले पन्जाबलाई तीन पटक पराजित गर्दा पन्जाब दुई खेलमा मुम्बईलाई हराउन सफल भएको छ ।

Click to comment

Trending