Headline

आयाक्सका डेस्टलाई भित्र्याउदै बार्सिलोना

Published

on

आयाक्सका राइट ब्याक सर्जिनो डेस्टलाई बार्सिलोनाले भित्र्याउने प्रशिक्षक रोनाल्ड कोमनले प्रष्ट पारेका छन् । उनलाई बार्सिलोनाले १८ मिलियन युरोमा बार्सिलोनाले भित्र्याउन लागेको हो  ।

अेमेरिकी स्टार डेस्टलाई जर्मन क्लब बायर्न म्युनिखले पनि भित्र्याउने चाहना देखाएको थियो । बायर्न जाने लगभग पक्का भएको अवस्थामा प्रशिक्षक कोमनले भने उनी बार्सिलोना आउनका लागि मेडिकल गरिरहेको बाताएका हुन् ।

“डेस्ट बार्सिलोनाका लागि मेडिकल गर्दै छन्, अहिलेसम्म सम्झौता नभए पनि उनी यही आउने छन् ।” कोमनले भने ।

बार्सिलोनाले डेस्टसँग पाँच वर्षको सम्झौता गर्ने संचार माध्यमहरुले बताएका छन् ।

आयाक्सको युथ एकेडेमीबाट आएका डेस्टले १९ वर्षको उमेरमै २०१९ मा आयाक्सको पहिलो टोलीका लागि खेलेका थिए ।

उनी नेदर्ल्यान्ड्समा जन्मिए पनि अमेरिकाका लागि फुटबल खेल्ने गर्छन् ।

Click to comment

Trending