Headline

युरोपियन राउण्ड–अपः रियलको सांघुरो जित, इटालीमा इन्टर र एट्लान्टा निकै बलियो

Published

on

ब्राजिलियन भिनिसियस जुनियरले सब्स्टिच्युट खेलाडीको रुपमा गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि १–० को सांघुरो जित हात पारेको छ ।

अर्को खेलमा यो सिजनको उपाधिमा दाबेदारीता प्रस्तुत गरिरहेको एट्लेटिको म्याड्रिड भने माथिल्लो श्रेणीमा उक्लिएको हुवेस्कासँग गोलरहित बराबरीमा रोकिन पुग्यो ।

रियलका फर्वार्डहरु आक्रमणमा असफल भएपछि ला लिगा डिफेन्डिङ्ग च्याम्पियनलाई सब्स्टिच्युट जुनियरले दोश्रो हाफमा गोल गर्दै लगातार दोश्रो जित दिलाएका थिए । ५८ औं मिनेटमा लुका जोभिचको स्थानमा मैदान प्रवेश गरेका जुनियरले दुई मिनेटपछि नै रियलको बिजयी गोल गरेका थिए ।

पहिलो खेलमा बराबरीमा रोकिएपछि रियलको अहिले गेटाफे, भ्यालेन्सिया र भिलारियालसँगै समान ७ अंक रहेको छ । आफ्नो पहिलो खेलमा लुईस सुवारेजको आगमनसँगै उत्कृष्ट प्रदर्शन गर्दै ओसासुनालाई ६–१ ले हराएको एट्लेटिको भने बराबरीमा रोकिन पुग्यो ।

हुवेस्काले आफूले खेलेका शुरुका चार मध्ये तीन खेलमा बराबरी गरेको छ । बुधबाकै अन्य खेलमा आइबारलाई एल्चेले १–० ले हरायो भने भिलारियलले आलाभेसमाथि ३–१ को सहज जित दर्ता गर्यो ।

इन्टर र एट्लान्टाको रवाफिलो जित

इटालियन सिरी आ को उपाधिको दुई प्रमुख दावेदार इन्टर मिलान र एट्लान्टाले फराकिलो जित हात पार्दै युभेन्टसलाई यो सिजन सहज नहुने स्पष्ट पारेका छन् । गत सिजन पहिलो पटक च्याम्पियन्स लिग खेलेको एट्लान्टाले लाजियोलाई ४–१ ले पराजित गर्यो ।

एट्लान्टाको जितमा आलेनान्द्रो गोमेजले दुई गोल गरेका थिए । रोबिन गोसेन्सको गोल मार्फत १० मिनेटमै अग्रता लिएको एट्लान्टाका लागि दोश्रो गोल हान्स हाटेबरले गरेका थिए । गोमेजले पहिलो हाफको अन्त्य तिर तेश्रो गोल गरेका थिए भने फेलिपे काइसेडोले एक गोल फर्काएका थिए ।

अर्को सहज जित निकाल्ने क्रममा इन्टरले यसै सिजन उक्लिएको बेनेभेन्तोलाई ५–२ ले हरायो । रोमेलु लुकाकुले ३० सेकेण्डमै गोल गरेपछि इन्टरले खेललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिने स्पष्ट देखिएको थियो । लुकाकुले पहिलो हाफमै दुई गोल गरे भने रोबेर्टो गाग्लियार्डिनी र असरफ हकिमीले पनि १–१ गोल गरेका थिए ।

दोश्रो हाफमा लउतारो मार्टिनेजले अर्को एक गोल थपेका थिए । अर्को खेलमा युडिनेजी स्पेजियासँग २–० ले स्तब्ध भयो ।

Click to comment

Trending