IPL

कोलकाताका बलरहरु हाबी हुँदा राजस्थानको फराकिलो हार 

Published

on

बलरहरु चम्कँदा इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो तेश्रो खेलमा कोलकाता नाइट राईडर्सले राजस्थान रोयल्स माथि ३७ रनको अन्तरले पराजित गरेको छ ।

तेश्रो खेलमा राजस्थानको यो पहिलो हार हो भने तीन खेलमा कोलकाताको यो दोश्रो जित हो । राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले तथा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्दै चार अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको थियो । पहिलो खेलमा मुम्बईसँग ४९ रनको फराकिलो अन्तरले पराजित भएको कोलकाताले दोश्रो खेलमा सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको थियो ।

जितका लागि १७५ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३७ रन मात्र बनाउन सक्यो ।

कोलकाताको तर्फबाट सातौं नम्बरमा ब्याटिङ गर्न आएका टम कुर्रानले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ३६ बलको समान गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । कुर्रान बाहेक ओपनर जस बटलरले २१ र राहुल टेवाटियाले १४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुरुवात देखि नै निरिह देखिएको राजस्थानले खेलको कुनै पनि समय राम्रो साझेदारी गर्न सकेन । ओपनिङमा आएका कप्तान स्टिभ स्मिथ तीन रन बनाएर आउट भए पछि पतन सुरु भएको राजस्थानका सन्जु सामसन आठ, रबिन उथप्पा दुई, रियान पराग एक, अर्का श्रेयस गोपाल पाँच, जोफ्रा आर्चर छ, जयदेव उनादकट नौं र अंकित राजपुत सात रनमा अविजित रहे ।

राजस्थानलाई सस्तैमा रोक्ने क्रममा शिभम मावी, कमलेस नगरकोटी र वरुण चक्रवर्तीले समान २-२ विकेट हात पारे । समान चार चार ओभर बलिङ गरेका मावीले २० रन तथा वरुणले २५ रन खर्चिए भने नगरकोटीले दुई ओभर बलिङ गर्दै मात्र १३ रन खर्चिए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशाला टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै छ विकेटको पतनमा १७४ रन बनायो ।

कोलकाताको तर्फबाट ओपनरद्वय सुबमन गिलले सर्वाधिक ४७ रन तथा सुनिल नारायणले १५ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका नितिस रानाले २२ तथा आन्द्रे रसेलले १४ बलमा तुफानी २४ रन बनाए ।

त्यस्तै कप्तान दिनेश कार्तिक मात्र एक रन र प्याट कमिन्स १२ रन बनाएर आउट भए भने ओइन मोर्गन २३ बलमा ३४ रनमा तथा कमलेस नगरकोटी आठ रनमा अविजित रहे । एक समय विशाल स्कोर तर्फ लम्केको कोलकाता गिल र कार्तिक जोफ्रा आर्चरको लगतार दुई ओभरमा आउट हुँदा मध्यम स्कोरमा रोकिन पुग्यो ।

राजस्थानका जोफ्रा आर्चरले किफायती बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे । पहिलो तीन ओभरमा मात्र चार रन खर्चिएर दुई विकेट हात पारेका आर्चर अन्तिम ओभरमा भने महँगो साबित हुँदै १४ रन खर्चिए ।

Click to comment

Trending