IPL

जोफ्रा आर्चरको घातक बलिङका बाबजुद कोलकोताको विशाल स्कोर 

Published

on

जोफ्रा आर्चरको घातक बलिङका बाबजुद सुबमन गिल र ओइन मोर्गनको उत्कृस्ट ब्याटिङको मद्धतमा १३ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं खेलमा कोलकाता नाइट राईडर्सले राजस्थान रोयल्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशाला टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै छ विकेटको पतनमा १७४ रन बनायो ।

कोलकाताको तर्फबाट ओपनरद्वय सुबमन गिलले सर्वाधिक ४७ रन तथा सुनिल नारायणले १५ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका नितिस रानाले २२ तथा आन्द्रे रसेलले १४ बलमा तुफानी २४ रन बनाए ।

त्यस्तै कप्तान दिनेश कार्तिक मात्र एक रन र प्याट कमिन्स १२ रन बनाएर आउट भए भने ओइन मोर्गन २३ बलमा ३४ रनमा तथा कमलेस नगरकोटी आठ रनमा अविजित रहे । एक समय विशाल स्कोर तर्फ लम्केको कोलकाता गिल र कार्तिक जोफ्रा आर्चरको लगतार दुई ओभरमा आउट हुँदा मध्यम स्कोरमा रोकिन पुग्यो ।

राजस्थानका जोफ्रा आर्चरले किफायती बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे । पहिलो तीन ओभरमा मात्र चार रन खर्चिएर दुई विकेट हात पारेका आर्चर अन्तिम ओभरमा भने महँगो साबित हुँदै १४ रन खर्चिए ।

राजस्थान यस अघि दुई खेल खेल्दै दुबैमा जित हात पारेको छ भने दुई खेल नै खेलेको कोलकाताले एकमा जित निकाल्दा अर्कोमा हारको सामना गरेको छ ।

राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले तथा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्दै चार अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको थियो । पहिलो खेलमा मुम्बईसँग ४९ रनको फराकिलो अन्तरले पराजित भएको कोलकाताले दोश्रो खेलमा सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको थियो । कोलकाता दुई अंकका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

राजस्थान र कोलकाता हाल सम्म आईपीएलमा २१ पटक एक आपसमा भिडेका छन् । जसमा दुबै टोलीले समान १०-१० खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो । १० खेल मध्य राजस्थानले दुई पटक सुपर ओभरमा जित हात पारेको थियो ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने राजस्थान माथि कोलकाता निकै हाबी छ । पाँच खेलमा राजस्थानले एक खेलमा मात्र जित निकाल्न सकेको थियो भने बाँकी चार खेलमा कोलकाताले बाजी मारेको थियो ।

Click to comment

Trending