IPL

राजस्थान विरुद्ध कोलकाता पहिले ब्याटिङ गर्ने 

Published

on

१३ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं खेलमा कोलकाता नाइट राईडर्सले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशाला राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथले टस जितेर कोलकातालाई ब्याटिङ गर्न लगाएका हुन् ।

आजको खेलमा कोलकाता र राजस्थान दुबैले कुनै पनि परिवर्तन गरेका छैनन् ।

राजस्थान यस अघि दुई खेल खेल्दै दुबैमा जित हात पारेको छ भने दुई खेल नै खेलेको कोलकाताले एकमा जित निकाल्दा अर्कोमा हारको सामना गरेको छ ।

राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले तथा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्दै चार अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको थियो । पहिलो खेलमा मुम्बईसँग ४९ रनको फराकिलो अन्तरले पराजित भएको कोलकाताले दोश्रो खेलमा सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको थियो । कोलकाता दुई अंकका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

राजस्थान र कोलकाता हाल सम्म आईपीएलमा २१ पटक एक आपसमा भिडेका छन् । जसमा दुबै टोलीले समान १०-१० खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो । १० खेल मध्य राजस्थानले दुई पटक सुपर ओभरमा जित हात पारेको थियो ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने राजस्थान माथि कोलकाता निकै हाबी छ । पाँच खेलमा राजस्थानले एक खेलमा मात्र जित निकाल्न सकेको थियो भने बाँकी चार खेलमा कोलकाताले बाजी मारेको थियो ।

Click to comment

Trending