Headline

सर्वाधिक बालोन डि’ओर जित्ने खेलाडीको सुचीमा मेस्सी दोश्रो र रोनाल्डो तेश्रो । पहिलो को ?

Published

on

सर्वाधिक बालोन डि’ओर जित्ने खेलाडी को हो भनेर कसैले तपाईलाई सोध्यो भने तपाई भन्नु हुनेछ पहिलो नम्बरमा लियोनेल मेस्सी र दोश्रोमा क्रिष्चियानो रोनाल्डो । मेस्सीले ६ पटक र रोनाल्डोले पाँच पटक बिश्वकै सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार उचाली सकेका छन् ।

तर फ्रेन्च फुटबलले हालै गरेको बालोन डि’ओरको पुर्नमुल्यांकन अनुसार मेस्सी दोश्रो नम्बरमा र रोनाल्डो तेश्रो नम्बरमा परेका छन् ।

त्यसो भए सर्वाधिक बालोन डि’ओर जित्ने खेलाडीको सुचीको पहिलो नम्बरमा को छन् त ?

तपाईलाई पत्यार न लाग्न सक्छ तर फ्रेन्च फुटबलको पुनमुल्यांकन ब्राजिलका महान फुटबल खेलाडी पेलेले सर्वाधिक सात पटक बालन डि’ओर जितेका छन् ।

कसरी ?

तीन पटक विश्वकप जितेका पेलेले एक पटक पनि बालन डी’ओर जितेका छैनन् । सन् १९९० को दशक सम्म बालोन डि’ओर जित्नका लागि युरोपेली खेलाडी मात्र योग्य हुने नियम थियो । जसले गर्दा पेले आफ्नो खेल जीवनमा यो उपाधि जित्नबाट बन्चित रहे । सन् १९९५ मा आएर फ्रेन्च फुटबलले आफ्नो नियम परिवर्तन गर्दै बालोन डि’ओर सबै खेलाडीका लागि खुल्ला गरेको हो ।

युरोप बाहेक अन्य खेलाडीलाई के कस्तो अन्याय भयो भनेर फ्रेन्च फुटबलले पुर्नमुल्यांकन गर्दै यदि सबै खेलाडीलाई बालोन डि’ओरमा सहभागिता गराएको भए कसले कति पटक यो उपाधि जित्ने थिए भनेर अध्ययन गर्यो ।

उक्त पुर्नमुल्यांकन अनुसार पेले सात पटक बालोन डि’ओरको हकदार रहेका थिए । यदि पेलेले पनि बालोन डि’ओरमा सहभागि हुने मौका पाएका भए उनले सन् १९५८ देखि सन् १९६१ सम्म लगातार चार पटक, सन् १९६३ र सन् १९६४ मा दुई पटक र सन् १९७० मा एक पटक गरेर कुल सात पटक उक्त उपाधि चुम्ने थिए ।

उक्त पुर्नमुल्यांकन पछि फ्रान्स फुटबलले आफ्नो म्यागजिनको मुख्य पृष्ठमा पेलेले सात ओटा स्वर्ण बल लिएको फोटो सहित छापेको थियो ।

Click to comment

Trending