IPL

लगातार तेश्रो जितको आशामा राजस्थान कोलकातासँग खेल्दै 

Published

on

१३ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेश्रो जित निकाल्ने आशामा राजस्थान रोयल्सले कोलकाता नाइट राईडर्सको सामना गर्दैछ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

राजस्थान यस अघि दुई खेल खेल्दै दुबैमा जित हात पारेको छ भने दुई खेल नै खेलेको कोलकाताले एकमा जित निकाल्दा अर्कोमा हारको सामना गरेको छ ।

राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले तथा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्दै चार अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको थियो । पहिलो खेलमा मुम्बईसँग ४९ रनको फराकिलो अन्तरले पराजित भएको कोलकाताले दोश्रो खेलमा सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको थियो । कोलकाता दुई अंकका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

राजस्थान र कोलकाता हाल सम्म आईपीएलमा २१ पटक एक आपसमा भिडेका छन् । जसमा दुबै टोलीले समान १०-१० खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो । १० खेल मध्य राजस्थानले दुई पटक सुपर ओभरमा जित हात पारेको थियो ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने राजस्थान माथि कोलकाता निकै हाबी छ । पाँच खेलमा राजस्थानले एक खेलमा मात्र जित निकाल्न सकेको थियो भने बाँकी चार खेलमा कोलकाताले बाजी मारेको थियो ।

Click to comment

Trending