१३औं दक्षिण एसियाली खेलकुद

सेरेना विलियम्सले लिइन फ्रेन्च ओपनको चौथो दिनमा नाम फिर्ता

Published

on

तीन पटक कि च्यामपियन सेरेना विलियम्सले एकिलिसको चोटका कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।

३९ वर्षिय सेरेनाले आज राती बुल्गेरियाकी त्वेताना पिरोनकोभासँग आफ्नो दोस्रो चरणको खेल खेल्ने कार्यक्रम  रहेको थियो ।

२३ ग्राण्ड स्ल्यामको उपाधी जितेकी सेरेनाले यस् पटकको फ्रेन्च ओपेन जित्दै मार्गरेट कोर्टको कृतिमानी २४ ग्राण्ड स्ल्यामलाई पछि पार्ने दाउमा रहेकी थिइन् ।

“मलाई लाग्छ म चार देखी छ हप्ता मैदान बहिर रहने छु,” सेरेनाले एउटा पत्रकार सम्मेलनमा भनिन् ।

“मलाई हिन्न पनि गार्हो भैरहेको छ । एकिलिस यस्तो चोट हो जुन तपाइँले अहिले चाहानुहुन्न तर यस्तो भन्दैमा म मैदान नफर्किने हैन, म अझ फिट  भएर कोर्टमा फर्कन चाहन्छु।”

यस महिनाको सुरुमा युएस ओपनको सेमिफाइनलमा भिक्टोरिया अझारेन्कासँग पराजित भए पछि सेरेनाले आफुलाइ एकिलिसमा समस्या आएको बताएकी थिइन् ।

सोमबार मात्र उनले अमेरिकी खेलाडी कृष्टि अहनलाई ७-६,७-२ र ६-० को सेटमा हराएकी थिइन् । उनले खेल जिते पनि उनलाई चोटले सताएको बताएकी थिइन् ।

सेरेनाले २००२,२०१३ र २०१५ मा फ्रेन्च ओपनको उपाधी जितेकी थिइन् ।

Click to comment

Trending