Headline

“प्रकृतिक रुपले आयो र गए” खेलको बिचमै शौचालय गएका एरिक डायर भन्छन्

Published

on

होजे मोउरिन्हो आफ्नो व्यवस्थापकीय क्यारियरमा धेरै खेलाडीको पिछा गरे होलान् तर वुधबार भने उनले एरिक डायरको पछाडि उनी अन्य कुनै कारणले दौडिएका थिए ।

कराबाओ लिग कप अन्तर्गत टोटनह्याम चेस्लीसँग खेल्दै थियो । ७७ औँ मिनेटमा टोटनह्याम १-० ले पछि  परेकोको अवस्थामा मुख्य डिफेन्डर मनिएका डायर अचानक मैदानबाट निस्किदै चेन्जिङ रुम तिर डौडिए ।

त्यस पछि डायरका प्रशिक्षक मोउरिन्होले  उनलाई लखट्दै टनल भित्र रहेको चेन्जिङ रुम तिर पुगेका थिए ।

तर डायर खेलको त्यस्तो महत्वपूर्ण घडीमा कहाँ कुदेका थिए होलन त ? सबैलाई अचम्मित पार्दै भित्र कुदेका डायरले खेल सकिए पछि सबै कुरा खुलाए ।

“यो परिस्थिती सबैले अनुभाव गरेको हुनु पर्छ,” खेल पछि डायरले भने ।

“यो मलाई पहिलो पटक भएको हो । म अहिले त ठीक छु तर त्यो समयमा म केही गर्न सक्दिन थिए । जब तपाईंलाई आँउछ तब तपाईं जानु नै पर्छ, यो रोकेर रोकिने कुरा हैन,” उनले हाँस्दै भने।

“मलाई थाहा थिएन मोउरिन्हो म पछाडि कुदिरहेका थिए तर उनलाई अहिले थाहा भयो होला । मैले मेरा डिफेन्डर साथीहरु टोबी एन्डेलविर्ल्ड र पिएरे -एम्ली होजबर्गलाई मलाई जानु छ भनेको थिए,”

“मलाई धेरै पेट दुखिरहेको थियो, मलाई जसरी हुन्छ जानु नै थियो र गए।” डायरले भने ।

डायर केही मिनेट पछि मैदान फर्किएका थिए । प्रशिक्षाक मोउरिन्हो उनीसँग रिसाउदै सँगै टनलमा पसेका थिए ।

“मोउरिन्हो खुशी थिएनन् तर पनि प्रकृतिक रुपले आयो र गए” डायरले थपे ।

भाग्यवश डायरका लागि टीमका साथी एरिक लामेला सात मिनेट बाँकी रहदा खेल बराबरी गर्दै टोटनह्यामलाई पेनाल्टीमा पुर्याएका थिए ।

पेनाल्टीमा पुगेको खेलमा डायरले टोटनह्यामका लागि पहिलो पेनाल्टी प्रहार गर्दै गोल पनि गरेका थिए ।

 

 

 

Click to comment

Trending