Headline

म्यानचेस्टर सिटीले बेनफिकाबाट भित्र्यायो नयाँ डिफेन्डर

Published

on

ईंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब बेनफिकाबाट २३ वर्षिय रुबेन डायसलाई ६५ मिलियन पाउन्डमा ६ वर्षका लागि क्लबमा भित्र्याएको छ ।

अर्का डिफेन्डर निकालोस ओटामेन्डीले सिटी छोडे पछि पेप गोर्डीयोला नयाँ डिफेन्डरको खोजीमा रहेका थिए ।

डायस सिटी प्रशिक्षक पेप गोर्डीयोलाको तेस्रो महत्वपूर्ण समरमा हस्ताक्षर हुन् । डिफेन्डर नेथन एके र फर्वार्ड फेरन टोरेसको आगमन पछि डायस अर्का ठुलो हस्ताक्षर हुन् ।

“म्यान्चेस्टर सिटी जस्तो ठुलो क्लबमा सम्मिलित हुने अवसर पाउनु मेरो लागि रमाइलो अवसर हो र म अस्वीकार गर्न सक्दिन थिए,” डियासले भने।

“त्यस्तो प्रतिभाशाली टोलीको सदस्य हुन र पेप गोर्डीयोलाको जस्तो विश्व स्तरका म्यानेजरको लागि खेल्नु साँच्चै रोमाञ्चक हुनेछ । म जस्तो युवा खेलाडीलाई ओ निकै ठुलो अवशर हो।”

डायस बेनफिकाको युवा एकेडेमीबाट आएका खेलाडी हुन् । उनले एकेडेमीबाट आएर पनि बेनफिकाका लागि ११३ खेल खेल्दै २०१८-२०१९ सिजनको पोर्चुगिज लिग पनि जितेका छन् ।उनले पोर्चुगलका लागि भने १९ क्याप जितेका छन् ।

प्रिमियर लिगको अघिल्लो खेलमा लेस्टर सिटीको पाँच गोल खाएको डिफेन्समा डायसले आफ्नो प्रभाव पार्ने सिटीले आशा गरेको छ ।

उनलाई सिटीले आफ्नो लेजेण्ड खेलाडी भिन्सेन्ट कोमपनीको प्रतिस्थापनकर्ताको रूपमा भित्र्याएको हो ।

Click to comment

Trending