Headline

माउन्ट पेनाल्टीमा चुक्दा चेल्सी टोटनह्यामसँग पराजित

Published

on

इङ्लिस लिग कप अन्तर्गत अन्तिम १६ को खेलमा टोटनह्याम हट्स्परले चेल्सीलाई पेनाल्टीमा ४-५ गोलले पराजित गरेको छ । निर्धरित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी खेले पछि खेल पेनाल्टीमा गएको थियो ।

खेलमा पहिलो गोल चेल्सीले १९ औँ मिनेटमा गरेका थिए । चेल्सीका लागि टिमो वर्नरले आफ्नो पहिलो गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अर्को गोल गर्न सकेन । राम्रो मौकाहरुको फाईदा नउठाएको चेल्सीले ८३ औँ मिनेटमा भने टोटनह्यामको बाराबरी गोल खान पुगेको थियो ।

टोटनह्यामका लागि एरिक लमेलाले सेर्जियो रेगुइलोनको पासमा गोल गर्दै खेललाई १-१ को स्थितीमा पुर्याएका थिए ।

निर्धरित ९० मिनेटमा १-१ को बराबरी खेले पछि खेल बिना एक्ट्रा टाइम सिधै पेनल्टीमा गएको थियो ।

जस्मा टोटनह्यामले चेल्सीलाई ५-४ ले हराएको हो । चेल्सीका लागि अन्तिम पेनाल्टी प्रहर गर्न आएका मेसन माउन्ट पेनाल्टीमा चुक्न पुगेका थिए ।

 

Click to comment

Trending