IPL

लगातार तेश्रो जित निकाल्ने दाउमा दिल्ली, पहिलो जितको आशामा हैदराबाद

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादको सामना गर्दैछ । शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

दुई खेल खेलेको दिल्लीले दुबैमा जित दर्ता गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने दुबै खेलमा पराजित हैदराबाद अंक बिहिन रहँदै अंक तालिकाको पुछारमा रहेको छ ।

दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा तथा दोश्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । हैदराबाद भने रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले तथा कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।

आईपीएलमा दिल्ली र हैदराबाद हाल सम्म १५ पटक आमुन्ने सामुन्ने हुंदा हैदराबादले नौं खेलमा जित दर्ता गराएको छ भने दिल्लीले मात्र छ खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । पछिल्लो सिजन खेलेका दुबै खेलमा भने दिल्लीले हैदराबादलाई दुई विकेट र ३९ रनले पराजित गरेको थियो ।

 

सन्दिपको सम्भावना कती ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई दिल्लीले यस अघिका दुबै खेलमा सुरुवाती ११ मा स्थान दिएको थिएन । सन् २०१८ देखि दिल्लीमा आबद्ध भएका सन्दिपले अघिल्ला दुई सिजनमा पनि मात्र नौं खेलमा मात्र खेल्ने मौका पाएका थिए जसमा उनले १३ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए ।

सन् २०१८ मा आईपीएलमा आबद्ध भए पछि सन्दिपले बिग ब्यास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग जस्ता बिभिन्न फ्रेनचाइज लिगहरुमा खेल्दै सुरुवाती ११ मा स्थान बनाएका थिए । तर पनि दिल्लीले सन् २०१९ को सिजनमा पनि सन्दिपलाई खासै मौका दिएको थिएन ।

यस सिजनको अगाडी सन्दिपले क्यारेबियन प्रिमियर लिगमा उत्कृस्ट बलिङ प्रदर्शन गरेका थिए । लिग चरणमा आफुले खेलेका सबै खेलमा विकेट निकालेका सन्दिप सेमीफाइनलमा भने विकेट बिहिन रहेका थिए । समूह चरणमा सन्दिपले १० खेल खेल्दै नौं पारीमा १२ विकेट हात पारेका थिए ।

Click to comment

Trending