Headline

ला लिगामा १७ बर्षिय फातीको प्रभाव र नयाँ प्रशिक्षकहरुमाथि दवाब

Published

on

स्पेनिस ला लिगा चौथो चरणमा प्रवेश गर्दा उपाधिका तीन प्रबल दाबेदार रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको म्याड्रिड पहिलो जित हात पारेपछि लय समात्ने प्रयासमा हुनेछन् । मध्य सप्ताहका खेलहरु शुरु हुनुअघि के–के छन् त ला लिगामा छलफल गर्न लायक बिषयहरु ?

फाती कोमनका लागि मुख्य हतियार बन्न सक्छन

आइतबार भिलारियालमाथि ४–० को शान्दार जितसँगै बार्सिलोनाले लामो समयपछि शान्त वातावरणको महसुस गरिरहेको छ । आफ्नो क्लब छोड्ने असफल प्रयासपछि लियोनेल मेस्सीले पहिलो प्रतिस्पर्धात्मक खेलमा बार्साका लागि गोल त गरे तर १७ बर्षिय अन्सु फातीको प्रदर्शनले सबैको मन लोभ्याएको थियो ।

फातीले भिलारियालबिरुद्ध दुई गोल गर्नुको साथै मेस्सीले गोल गरेको पेनाल्टी जितेका थिए । नयाँ बार्सा प्रशिक्षक रोनाल्ड कोमनले अब फातीबाट बढी भन्दा बढी कसरी निकाल्न सक्छन् सोच्नु पेर्नछ । फातीले उमेर बिपरित असिमिति परिपक्वता त देखाएका छन् तर उनको कलिलो शरिर हरेक हप्ता शुरुवाती ११ देखि नै खेल्न असक्षम पनि हुन सक्छ ।

तर फातीले देखाएको गति, खेल्ने शैली र निर्णय गर्न सक्ने क्षमताले यसरी प्रभावित गरेको छ कि उनलाई बिहिबार हुने सेल्टा भिगोबिरुद्धको खेलको शूरवातमा बेञ्चमा राख्ने निर्णय नै निकै कठिन हुन सक्छ ।

म्यािड्रडमा लुका जोभिचको समय सकिदै ?

शनिबार रियल बेटिसलाई ३–२ ले हराउदा रियल प्रशिक्षक जिनेदिन जिदानले ४–४–२ को रणनीति अपनाउदै लुका जोभिचलाई करिम बेन्जेमासँगै फर्वार्ड लाइनमा खेलाए । तर जोभच गोल गर्ने मौकामा चुके र अर्को खराब प्रदर्शनका कारण १८ मिनेट बाकी हुदा मैदान बाहिर निस्किए ।

बुधबार रियल भालाडोलिडबिरुद्धको खेलमा जिदानले जाभिचलाई त्यही स्थानमा अर्को मौका दिनछन् या यो ट्रान्सफर बिन्डो सकिनु अघि ६० मिलियन युरोमा ल्याएको रियलले उनलाई बेच्नेछ यो हेर्न बाकी छ ।

एडेन हजार्ड पूर्ण रुपमा चोटमुक्त भएर फर्किने हो भने बेन्जेमासँग जोडी बनाउनेछन् र जोभिचको लागि मौका अझै सांघुरिदै जानेछ । त्यसैले जोभिचसँग निकै कम समय रहेको देखिन्छ ।

फ्रि–स्कोरिङ बन्नेमा एट्लेटिको आशावादी

गत सिजन एट्लेटिकोले ला लिगा च्याम्पियन रियल म्याड्रिड भन्दा १९ र बार्सिलोनाभन्दा ३५ गोल कम गरेको थियो । आइतबार ग्रानडालाई ६ गोल हनेपछि एट्लेटिकोलाई धेरै गोल गर्ने ठूलो प्रोत्साहन मिलेको छ भने लुईस सुवारेजको आगमनसँगै उसको आक्रमण अझै चुस्त बन्न सफल भएको छ ।

एट्लेटिकोको डेब्युमै सुवारेजले दुई गोल र एक असिस्ट गर्दै आफ्नो उत्कृष्टताको छनक दिएका थिए तर प्रशिक्षक डिएगो सिमिओनेको लागि पोर्चुगिज विङ्गर जाओ फेलिक्स सबैभन्दा ठूलो हतियार बनेको छ । सिमिओनेले २० बर्षिय फेलिक्सबाट एकै किसिमको प्रदर्शनको अपेक्षा राख्नेछन् ।

अघिल्लो सिजन तल्लो स्तरको टोलीहरुबिरुद्ध चुकेको एट्लेटिको बुधबार ला लिगामा उक्लिएको हुवेस्कासँग कुनै गल्ति दोहोर्याउन चाहदैन ।

पेलेग्रिनीको बेटिसको अग्रता

रियलसँग पराजित भएपनि शुरुवाती दुई खेलमा पाएको बिजयका कारण रियल बेटिस अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । युरोपेली प्रतियोगिताहरुको सहभागिताका कारण शिर्ष क्लबहरुले ढिलो लिग शुरु गर्दा बेटिस अगाडी रहेको छ । तर आलाभेस र भालाडोलिडलाई हराउदै रियललाई टक्कर दिएको बेटिस लामो समयका लागि राम्रो प्रदर्शन गर्ने तर्फ नै आशावादी रहेको छ ।

बेटिसले उत्कृष्ट प्रदर्शन गरिरहदा रियलले दोश्रो हाफमा मात्र खेललाई नियन्त्रणमा लिन सफल भएको थियो । नाबिल फेकिर, सर्जियो कनालेस र योआकिनको उपस्थितीले बेटिसको आक्रमण बलियो रहेको कुनै शंका नभएपनि रक्षापंक्तिमा भने केही प्रश्न कायमै रहेको छ । मङ्गलवार गेटाफेसँग खेल्दा बेटिसले आफ्नो रक्षापंक्तिको राम्रो परिक्षा दिने अपेक्षा गरिएको छ ।

नयाँ प्रशिक्षकहरुलाई शुरुवाती दवाब

भिलारियाल र आलाभेस बुधबार खेल्दा दुवै टोलीको प्रशिक्षकहरुलाई दवाब हुनेछ । पहिलो तीन खेलबाट चार अंक रहेपनि बार्सिलोनासँग ४–० को हार र हुवेस्कासँग बराबरीमा रोकिएको भिलारियालका प्रशिक्षक उनाई एमेरिलाई जितको दवाब व्यापक रहनेछ ।

तीन खेलबाट मात्र एक अंक जोड्न सफल आलाभेस पुछारबाट दोश्रो स्थानमा रहेको छ पाब्लो मासिन भिलारियाललाई हराउदै पहिलो तीन अंकको खोजीमा हुनेछन् ।
सेल्टा भिगोसँग अप्रत्याशित हार ब्यहोरेको भ्यालेन्सिया हुवेस्कासँग पनि बराबरीमा रोकिदा खराब शुरुवातबाट गुज्रन बाध्य भएको थियो । यो ट्रान्सफर विन्डोको सम्झौतालाई लिएर खासै सन्तोष नदेखिएका नयाँ प्रशिक्षक जाभी गार्सियाका लागि परिणाम नसुधारिने हो भने बोर्डसँग थप सम्बन्ध बिग्रन सक्नेछ । भ्यालेन्सियाले मङ्गलवार रियल सोसिडाडसँग खेल्नेछ ।

Click to comment

Trending