Headline

जोटाको डेब्यु गोलमा लिभरपुल बिजयी

Published

on

वुल्भ्सबाट ४५ मिलियन पाउन्डमा भित्रिएका नयाँ खेलाडी डिएगो जोटाले डेब्यु खेलमै गोल गरे पछि लिभरपुलले एन्फिल्डमा आर्सनललाई ३-१ गोलले पराजित गरेको छ ।

खेलमा आर्सनलले पहिलो गोल गरेको थियो । २५ औँ मिनेटमा एलेक्ससान्डर लाकाजेटको गोलबाट आर्सनलले १-० को आग्रता लिएको थियो । तर लाकाजेटले गोल गरेको तीन मिनेट पनि नबित्दै लिभरपुलका लागि साडियो मानेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा लिभरपुलले फेरी अर्को एक गोलको अग्रता लिएको थियो । यो पटक भने ३४ औँ मिनेटमा राइट-ब्याक एन्ड्रु रोबर्ट्सनले लिभरपुललाई २-१ को स्थितीमा पुर्याएका थिए ।

दोस्रो हाफमा सम्हालिएको खेल देखाएको आर्सनलले खेलको ८८ औँ मिनेटमा भने लिभरपुलका नयाँ खेलाडी डिएगो जोटाको गोल खान पुगेको थियो।

हारसँगै आर्सनलले प्रिमियर लिगमा आफ्नो पहिलो पराजय भोगेको छ भने लिभरपुल ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

लिभरपुलले अर्को सता एस्टन भिल्लाको समाना गर्ने छ भने आर्सनलले सेफिल्ड युनाइटेडसँग खेल्ने छ ।

Click to comment

Trending